भुकम्पले मध्यरातमा सबैलाई तर्सायो, कपनमा भुकम्पलगत्तै ठूलो पानी
कपन अनलाइनएक्कासी राति ११ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि कपनवासीलगायत राजधानीवासीको निन्द्रा बिग्रिएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएपछि कपनवासीसहित राजधानीका सर्वसाधारण घर बाहिर निस्किएका थिए। कपनमा भुकुम्प लगत्तै कपन क्षेत्रमा ठूलो पानी परेको छ ।
९० प्रतिशतभन्दा बढि घर भुकम्पप्रतिरोधक नबनेको कपनलाई भुकम्पको सानो धक्काले पनि सताउने गरेको छ । सस्ता घर बनाउने नाममा हेलचेक्र्याइँ गर्दा हाम्रो कपन अत्यन्त ठूलो भुकम्पजोखिम क्षेत्र बनेको छ ।
तपाइँको प्रतिक्रिया ।