माघ १४ गते ३ बजे बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कार्यालयमा कपन अनलाइन पुग्दा

माघ १४ गते ३ बजे  बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कार्यालयमा कपन अनलाइन पुग्दा

कपन अनलाइन

काठमाडौ, माघ १४।

करिब मध्यान्हको ३ बजे कपन अनलाइन को टिम बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा पुग्दा सेवाग्राहीहरु सेवा लिंदै गरेको अवस्थामा भेटिएको थियो।

हामि संग कुरा गर्दै वडा अध्यक्ष नवराज भट्टराईले वडामा जनप्रतिनिधि आइसके पछी सेवा प्रवाहमा सहजता भएको बताए। उनले सबैकुरा पहिले प्रमाणको आधारमा गरिने गरेको थियो भने अहिले हामीले  एकैछिनमा आज काम गरि भोलि सम्पूर्ण  डकुमेन्ट पुर्याई कामहरु   गर्ने गरेको बताए।

त्यसले गर्दा आफ्नै  घर आँगनको प्रतिनिधि पाएको भएर पनि अपनत्वको महसुस सेवाग्राहीले गरेको बताए। उनले वडा कार्यलय आफ्नै नभएको र अहिले भएको वडा कार्यलय अल्पकालीन भएको हुँदा अपाङ्ग मैत्री नभएकोले  उपयुक्त ठाउमा वडा कार्यलय यो वर्ष नसकेपनि अर्को वर्ष कहाँ बनाउन सकिन्छ  भनेर सोचेको बताए।

उनले अहिले भइरहेको वडा कार्यलय साँघुरो भएको र जनशक्तिको पनि अभाबमा काम गरिरहेको बताए। त्यसले गर्दा अनि सेवाग्राहीलाई असुविधा भइरहेको बताए ।

हामीले वडा कार्यलयमा आएका सेवा ग्राहीलाई वडामा सेवा प्रवाह  कतिको सहज महसुस गर्नु भएको छ भनेर सोधेका थियौ ।भाटभटेनी बाट आएका सेवाग्राही पुस्कर आचार्य चारकिल्ला र धाराको लागि आएको बताउदै सेवा प्रवाह सहज भएको बताए।

सोहि क्रममा हामीलेअर्का सेवाग्राही  वडा नं १० निवासी फुनरु शेर्पा संग पनि प्रतिक्रिया लिएका थियौ ।उनले पनि वडाबाट सहज सेवा पाइरहेको बताए ।उनले पहिले भन्दा धेरै परिबर्तन भएको पनि बताए उनले अहिले निर्वाचित जनप्रतिनिधि आएकोले उहाहरुले राम्रै सुबिधा दिईरहेको बताए।

पहिला सचिबलाइ खोज्न दश तिर कुदिरहनु पर्थ्यो अहिले वडा कार्यलय यहि स्थापना भएको छ भने वडा अध्यक्षलाइ भनेको समयमा भेट हुन्छ ।पहिला सचिब कहाँ कहा कुंदीरहनु हुन्थ्यो सचिब खोजिरहनु पर्थ्यो धेरै तनाब हुन्थ्यो  र सचिबले एकल निर्णय गर्दा आर्थिक चलखेल पनि हुने सम्भावना हुने गर्थ्यो। अहिले वडा कार्यलयमा समयमा नै काम हुने गर्दा सहज महसुश गरेको बताए ।

सोहि क्रममा वडा कार्यलयका कर्मचारी बिनिता कुइकेललाई पनि सोधेका थियौ। जनप्रतिनिधीहरु संग काम गर्दा कतिको सहज महसुस गर्नु भएको छ भनेर उनले जवाफमा वडा कार्यलय बाडफाड भए पछि एउटै वडाको मात्र काम गर्दा सहज भएको छ। सबै  जनप्रतिनिधिहरु पनि सिक्ने दौरान मै  हुनुहुन्छ केहि कुरा उहाहरुले र केहि कुराहरु हामीले सिकाउदै काम गरिरहेका छौ।

उनले जनप्रतिनिधिहरुले पनि यो काम कर्मचारीहरुको मात्र काम होइन हाम्रो पनि यसमा केहि उत्तरदायित्व छ मिलेर सहयोग गरौ जसरि हुन्छ जनताको काम हो जनतालाइ सेवा दिने गरि काम गर्दै आएको बताइन।

तपाइँको प्रतिक्रिया ।