राधाकृष्ण युवा समुह बुनपा १२ ले फैका चोक देखि तेन्जिंग चोक सम्म पोलहरुमा बत्ति जडान गर्यो
कपन अनलाइन
काठमाडौ,माघ ११ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा स्थापना भएर विविध सामाजिक गतिविधि गर्दै आएको राधाकृष्ण युवा समुहले वडाको फैका चोक देखि तेन्जिंग चोक सम्म बिजुलीका पोलहरुमा बत्ति जडान गरेको छ ।
रातिको समयमा आवत जावतमा समस्या आएको स्थानीय बाट गुनासो आएपछि बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सहयोगमा बत्ति जडान गरिएको हो । बत्ति जडान पश्चात त्यस क्षेत्रमा पैदल हिड्नेहरुलाई सहयोग पुगेको छ भने त्यस क्षेत्रमा हुने अवान्छित गतिविधिहरुको पनि नियन्त्रण भएको एक एक स्थानीयले बताए ।
तपाइँको प्रतिक्रिया ।
