तेस्रो कागेश्वरी पर्यटन महोत्सबको अवसरमा फागुन ४ गते कवी गोष्ठी हुने
कपन अनलाइन
काठमाडौ, माघ १० ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ३प्रदेश ख को माननीय सांसद रामेश्वर फुयालको प्रमुख आथित्यतामा जोरपाटीमा रहेको उनको कार्यकक्षमा आज फाल्गुन ७ गते आयोजना गर्न लागिएको तेस्रो कागेश्वरी पर्यटन महोत्सब २०७४ को तयारी एबम फाल्गुन ४ गते दिउसो १२ बजे देखि कवी गोष्ठीको लागि छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त छलफल कार्यक्रममा प्रलेस काठमाडौँका अध्यक्ष बालमुकुन्द कार्की ,अभिनव सहित्य समाजका सदस्य बिमल अर्याल ,केदारनाथ सापकोटा ,सुरभी साहित्य प्रतिष्ठानका सदस्य राम चन्द्र खतिवडा ,तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र श्रेष्ठ , घुम्ती कबि गोष्ठीका उपाध्यक्ष परशुराम पराजुली (पराशर) ,मुजुरा मासिकका सम्पादक श्याम सुन्दर कुइकेल ,अभिनव साहित्य समाजका बेदमणि घिमिरे गोबिन्द लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा तेस्रो कागेश्वरी महोत्सब २०७४ सफलता पुर्वक सम्पन्न गर्ने र सहित्य मार्फत लुकेको प्रतिभा प्रस्फुटन गर्ने र कागेश्वरीलाइ साहित्यिक रुपमा समेत चिनाउने उदेस्यले गागलफेदी स्थित सहिद पार्कमा फाल्गुन ४ गते आयोजना गर्न लागिएको सांसद रामेश्वर फुयालले कार्यक्रममा बताएका थिए ।
उनले तारेभिर महोत्सबको पुर्व सन्ध्यामा गरिएको कबि गोष्ठी सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिंदै फाल्गुन ४ मा हुने कबि गोष्ठी र फाल्गुन ७ गते गर्न लागिएको तेस्रो कागेश्वरी महोत्सब २०७४ मा सहभागी हुन समेत सबैलाई अनुरोध गरेका थिए ।