चाबहिल स्तुप नजिकै फोहोरको थुप्रोमा फालिएको नवजात शिशुको जिवितै उद्दार

चाबहिल स्तुप नजिकै फोहोरको थुप्रोमा फालिएको नवजात शिशुको जिवितै उद्दार

कपन अनलाइन

काठमाडौ,माघ ४ काठमाडौंको चाबहिल स्तुप नजिकै फोहोरको थुप्रोमा नवजात शिशु भेटिएको प्रहरीले जनाएको छ । शिशुलाई प्रहरीले जिवितै उद्धार गरेको छ ।

बिहीबार बिहानै झोलाभित्र रोइरहेकी अन्दाजी ७ दिनकी शिशुलाई प्रहरी वृत्त गौशालाको टोलीले उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । बिहान करिव सवा ४ बजे गस्तीमा रहेको प्रहरी टोलीले फोहोरको थुप्रोमा बच्चा रोएको सुनेपछि हेर्दा नवजात शिशु फेला परेको थियो ।

शिशुलाई उद्धार गरी उपचारको लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल पठाइएको प्रहरीले जनाएको छ । नवजात शिशु फाल्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।