विश्व पर्यटन दिवसका अवसरमा टोखामा सडक खाना महोत्सव हुने

विश्व पर्यटन दिवसका अवसरमा टोखामा सडक खाना महोत्सव हुने

कपन अनलाइन
काठमाडौं, असोज १०।

विश्व पर्यटन दिवसका अवसरमा काठमाडौंको पर्यटकीय नगरी टोखामा सडक खाना महोत्सव हुने भएको छ। पर्यटन दिवसका अवसरमा यही असोज ११ गते टोखा गेट देखी गणेशस्थान मन्दिरसम्म सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो।

टोखा नगरपालिका वडा नं २ र ३ को आयोजना तथा टोखा संस्कृतिक संरक्षित क्षेत्र विकास समिति र नेवा गुठीको ब्यवस्थापनमा सडक खाना महोत्सव आयोजना गरिएको संस्कृतिक संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताएका छन ।

उनले भने, ‘पर्यटन दिवसका अवसरमा टोखा आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।’ उनका अनुसार त्यस दिन विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। अब पर्यटकको याम सुरु हुन लागेकाले यहाँका व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उनले बताए ।

यस्तै नेवा गुठी टोखाका अध्यक्ष रमेश नापीतले महोत्सवमा टोखाका स्थानीय दिदीबहिनीले बनाएका खानाका परिकार र उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शनमा राखिने बताए  । प्रदर्शनमा टोखा बजार र त्यस आसपासका १००० भन्दाबढी दिदीबहिनी तथा दाजुभाईहरुको सहभागिता रहने छ ।

 

तपाइँको प्रतिक्रिया ।