आर्थिक चलखेलको विषय निराधार र पराजित मानसिकताको उपज :रबिन अधिकारी
कपन अनलाइन
काठमाडौ,माघ ३।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटिका संयोजक रबिन अधिकारीले काठमाडौं क्षेत्र नं ४ को निर्वाचन परिणाम पश्चात चर्चामा रहेको आर्थिक चलखेलको विषयलाई निराधार र पराजित मानसिकताको उपज भनेका छन । कपन अनलाइन संगको कुराकानीमा उनले २०७० शाल को निर्वचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्राप्त गरेको भन्दा करिव ३ हजार मत बढी प्राप्त भएको यस निर्वाचनमा केहि सानातिना कमजोरीका कारणले मात्र पराजित हुनु परेको बताए।
निर्वाचनमा पराजय हुनुमा संगठन परिचालनको शिलशिलमा भएको अनुगमन र परिचालनको मोडालिटी जिम्मेवार रहेको भन्दै गठबन्धन भित्र देखिएको अलमल र नेतृत्व गर्ने शैली पनि उतिकै जिम्मेवार रहेको बताए ।
स्थानीय तहको निर्वाचन बिभिन्न वडामा आएको मत सुरक्षा गर्न नसक्दा र कार्यकर्तालाई व्यवस्थिति तरिकाले परिचालन गर्ने वातवरण बन्न नसक्नुले निर्वाचन परिणाममा असर परेको उनले बताए ।निर्वाचन दौरानमा अनुगमन र रिपोर्टिंग ठिक तरिकाले हुन् नसक्नु पनि हारको कारण रहेको उनले बताए ।
बाम गठ बन्धनमाको ठुलो भन्ने विवाद र नदेखिने खालको भित्रि संघर्षले गर्दा पनि यस किसिमको परिणाम भोग्नु परेको अधिकारीले बताए । बुनपा वडा नं २ को परिणाम किन त्यस्तो आयो भन्ने आफ्नो प्रश्न रहेको भन्दै उनले स्थानीय तहमा आफु र एमालेका उम्मेदवारले प्राप्त गरेको मत भन्दा प्रतिनिधि सभामा कम मत आएका वडाहरुको वारेमा गम्भीर समिक्षा हुनुपर्ने बताएका छन ।
बजारमा चल्ने हल्लाहरुले कार्यकर्ता तथा मतदाताको मनोवलमा असर पार्ने भन्दै अधिकारीले समय आए पछी अन्य अन्तरका कुराहरु उचित मन्चमा आफुले राख्ने बताए । यो निर्वाचन परिणामले यस क्षेत्रको बाम आन्दोलनमा निरासा पैदा गरेको तर पनि त्यो निरासा माथि उठेर संगठन निर्माणमा लाग्नुको बिकल्प नभएको उनले कपन अनलाइनलाई बताए ।