रास्ट्रिय भेलाले संक्रमितहरुको हितमा केहि विशेष निर्णय गर्नेछ :अच्युत सिटौला (अध्यक्ष,एनएपीएन)
कपन अनलाइन
काठमाडौ,माघ ३।
रास्ट्रिय एचआइभी तथा एड्स महासंघ (एनएपीएन ) का अध्यक्ष अच्युत सिटौलाले महासंघको चितवनमा हुने रास्ट्रिय भेलाले संक्रमितहरुको हितमा केहि विशेष निर्णय गर्ने बताएका छन । पहिला भन्दा संक्रमित हरुको अवस्थामा सुधार आएता पनि अझै पूर्ण रुपमा उनीहरुको सरोकारका विषयहरु सम्बोधन नभै सकेकोले अव हुने रास्ट्रिय भेलाले नयाँ परिवेश अनुसारको निर्णय गर्ने बताए ।
सिटौलाले पहिला औषधि किनेर खानु पर्ने बाध्यता रहेको जुन अहिले हटेको तर पनि अझै एचआईभी संक्रमित ठुलो संख्यामा पहिचान हुन् बाकि रहेको बताए ।उनले ति पहिचान हुन् बाँकि रहेकालाई पहिचान गरि मुलधारमा ल्याउन महासंघ लागिरहेको बताए ।
चितवनमा हुने रास्ट्रिय भेलामा मुख्यत निम्न मुद्दाहरुको वारेमा छलफल हुने सिटौलाले बताएका छन ।
- गुणस्तरीय औसधी र उपचार
अहिले संक्रमितहरुले प्रयोग गर्दै आएको औसधी ले विभिन्न खालका नकारात्मक असर गरेकोले त्यस भेलामा गुणस्तरीय र अहिले विश्व बजारमा आएका नयाँ औसधी को उपलव्धता हुनुपर्ने बताएका छन ।
अहिले सक्रमित हरुमा देखिएका नकारात्मक असर न्यूनीकरण गर्नका लागि त्यो आवस्यक भएकोले त्यस सम्बन्धि छलफल गर्ने उनले बताए । पहिला एउटा लेभलमा पुगेपछी मात्र प्रदान गरिने औसधि अव देखि संक्रमण देखिने वितिक्कै सुरु गर्नु पर्ने भएकोले त्यस सम्बन्धि व्यवस्था हुनुपर्ने र अझै हजारौ संक्रमित हरु उपचारको अभावमा रहेकोले त्यस तर्फ ध्यान केन्द्रित गर्न यस पटकको भेला महत्वपूर्ण हुने सिटौलाले बताए ।
अव विश्व स्वास्थ्य संगठनको नयाँ मापदण्ड अनुसार उपचारको व्यवस्था हुनुपर्ने उनले बताए ।
- बसाई सराईको मुद्दा
यस पटकको भेलामा बसाई सराई गर्ने र कामको शिलशिलामा अन्य मुलुकमा गएर संक्रमण बोकेर आउने व्यक्ति र उनीहरुको परिवारको अवस्थाको वारेमा बृहत छलफल हुने सिटौला बताउछन ।सबै भन्दा धेरै पिडित महिलाहरु भएकोले उनीहरुको स्वास्थ्य र भरण पोषणका लागि पनि ध्यान दिनुपर्ने जरुरि रहेको उनले बताए ।
- क्षयरोगको उपचार र रोकथाममा हिस्सेदारी दावी
क्षयरोगको सबै भन्दा बढी संक्रमण र संबेदनशील क्षेत्र संक्रमित हरुको रहेकोले यसमा राज्य र सम्बन्धित पक्षको ध्यान आक्रिस्ट गराउने गरि यस सम्बन्धि रास्ट्रिय भेलामा छलफल गर्ने अध्यक्ष सिटौलाले बताए ।
एचआईभी संक्रमितहरु मध्ये ६५ प्रतिशत लाइ टि भी भएको र उसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर टि भी हुने चान्स बढी हुने हुदा यस तर्फ ध्यान दिनुपर्ने उनले बताए ।
प्राय देशमा एचआईभी संक्रमितहरुलाई टि भी नभए पनि आइ पि डी औषधि खुवाउने चलन भएको तर नेपालमा धेरै श्रोत अनुसन्धानमा खर्च भएको तर उपलव्धि कम देखिएकोले आगामी दिनमा क्षयरोग रोकथाम र उपचारको केहि जिम्मा महासंघले पाउने पर्ने सिटौलाले बताए ।
यस पटकको भेला बाट क्षयरोगलाई पनि आफ्नो मुद्दा बनाउने र त्यस सम्बन्धि केहि नीति र कार्यक्रम बनाउने उनले बताए ।
- संक्रमितहरुको पहिचान
संक्रमित हरुको पहिचान अर्को महत्वपूर्ण मुद्दा रहेको अध्यक्ष सिटौलाले बताएका छन ।उनले हाल करिव १३ हजारले मात्र औसधी सेवन गरेको र हजारौ लुकेर बसेको अवस्था रहेकोले निकै जोखिम रहेको बताए । उनीहरुलाई पहिचान गर्दै उपचारमा ल्याउन पनि यस पटक को भेलामा गम्भीर किसिमले छलफल हुने उनले बताए ।
महासंघले चितवन भेलामा धेरै महत्वपूर्ण विषयहरुमा गम्भीर छलफल गरेर घोषणा पत्र जारी गरि सरोकारवाला सबै पक्ष संग छलफल गर्नेछ ।अवका दिनमा वकालत , उपचार ,स्याहार र जनचेतनाका क्षेत्रमा नविन तरिका र मुद्दाहरु सहित काम गर्ने योजना निर्माण गरको महासंघ श्रोतले बतायो ।