सर्वोत्थान बचत तथा ऋण सहकारी सस्था लि चाबहिललको सातौ बार्षिक साधारण सभा सम्पन्न

सर्वोत्थान बचत तथा ऋण सहकारी सस्था लि चाबहिललको सातौ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन 

काठमाडौ,पौष २९। सर्वोत्थान बचत तथा ऋण सहकारी सस्था लि चाबहिलले सातौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाको काठमाडौ क्षेत्र नं.४ (२) का प्रदेशसभा सदस्य  कुसुम कुमार कार्की  रहेका थिए भने बिशेष अतिथिहरु कामपा वडा नं ७ का अध्यक्ष सुद्ध कुमार डंगोल, सहकारी हित राष्ट्रिय समाजका अध्यक्ष  अर्जुन खातिवड़ा र नेपाल राष्ट् बैंकका पूर्व निर्देशक श्याम खनाल रहेका थिए ।

त्यस्तैगरी कार्यक्रममा कुसुम कुमार कार्की प्रदेशसभा सदस्यमा,वडा नं ७ का अध्यक्ष सुद्ध कुमार डंगोल, कृष्णमणि भट्टराई, निर्मला पुडासैनी, कृष्ण प्रसाद घिमेरे र चन्द्रकला सुन्दाश कामपा ७ मा निर्वाचित हुनु  भएकोमा सस्थाको तर्फबाट बधाई एवं कार्यकाल सफलताको शुभकामना सहित प्रशंसापत्र वितरण गरिएको थियो।

यस सातौ साधारण सभामा अध्यक्ष अधिकारीले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक रत्न बहादुर भुजेलले प्रस्तुत गरेका लेखा समितिको बर्सिक प्रतिवेदन कोशाध्यक्ष पुष्पनाथ ढकालले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन साधारण सभाले अनुमदन गरेको थियो भने उत्त कार्यक्रममा सर्वोत्थान बचत तथा ऋण सहकारी सस्था लि का उपाध्यक्ष बिजय कुमार बस्नेतको स्मृतिमा अर्को वर्ष बाट प्रदान गरिने बिजय कुमार बस्नेत सर्वोत्थान सम्मान पुरस्कारको घोषणा गरिएको थियो । ०७३/०७४ मा उत्कृष्ट बाल वचत अस्मि वाइवालाई, खुत्रुके बचत समुन्द्र अधिकारीलाई, आवधिक बचत बिजया लक्ष्मी श्रेष्ठ, बिशेष साधारण बचत नबिन बास्कोटालाई, साधारण बचत मनिषा थैव श्रेष्ठलाई, असल ऋणी बिबै सिं थिंग, बजार प्रतिनिधि अम्बिका पौडेल र उत्कृष्ट आवधिक बचत संकलन कर्ता शान्ता अधिकारीलाई नगत सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

 

 

 

 

प्रमुख अतिथिबाट दिप प्रज्ज्वलन सहित उद्दघाटन भएको उक्त कार्यक्रममा संचालक समितिका सचिव होमलक्ष्मी गुरुङले स्वागत मन्तब्य राखेकी  थिइन। संस्थाका कोषाध्यक्ष पुष्पनाथ ढकालले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष मुकुन्द अधिकारीले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन संचालक समितिका सदस्य भुपाल उप्रेतीले गरेका थिए भने सभाका सभापतिले  धन्यवाद ज्ञापन  सहित  कार्यक्रम विसर्जन  गरेका थिए।

तपाइँको प्रतिक्रिया ।