प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताको फाइनलमा जेम्स कलेज र टाइम्स कलेज भिड्ने

प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताको फाइनलमा जेम्स कलेज र टाइम्स कलेज भिड्ने

कपन अनलाइन 

काठमाडौ,पौष २९। कुमारी आवसीय माध्यामिक बिद्यालय (केब्स) टुसाल बौद्धले आयोजना गरेको प्रथम केब्स सिक्स ए साइड कप  फुटबल प्रतियोगिताको आज भएको सेभिफाइनल खेलमा जेम्स कलेज र टाइम्स कलेज आफ्ना खेल जित्दै फाइनल प्रवेश गरेका छन।

आज चाबहिलको गणेशस्थान चौरमा भएको सेभिफाइनल खेलमा जेम्स कलेजले विट्स कलेजलाई ४ – १ गोलले पराजित गरेको छ।  उक्त खेलमा जेम्स कलेजका खेलाडीहरु तुषार पौडेल, सार्थक श्रेष्ठ, उत्सब ढकाल र रोहन तामांगले एक एक गोल गरेका थिए भने  विट्सको तर्फ बाट केलसांग लामाले एक गोल गरेका थिए । उत्त खेलको म्यान अफ द म्याच जेम्सका खेलाडी  उत्सब ढकाल भएका थिए ।

आजको भएको दोश्रो सेभिफाइनल खेलमा टाइम्स कलेजले आइडियल कलेज  ”ए” चाबहिललाई पेनाल्टी शुट आउटमा  २ -१ गोलले पराजीत गर्दै फाइनलको यात्रा तय गरेको छ। दोश्रो सेभिफाइनल खेलको म्यान अफ द म्याच टाइम्स कलेजका किपर सन्तोष महत भएका थिए भने उत्त पेनाल्टी शुट आउटमा टाइम्सको तर्फ बाट अनिश कार्की र किरण लामाले गोल गरेका थिए, आइडियलका तर्फ बाट सागर तामांगले एक मात्र गोल गरेका थिए । उत्त पेनाल्टी शुट आउटमा आइडियलका २ खेलाडीले प्रहार गरेको  बल टाइम्सका किपरले रोकेका थिए ।

भोलि हुने फाइनल खेल दिनको एक बजे चाबहिलको गणेशस्थान चौरमा हुने छ भने आज पराजित टिम  विट्स कलेज र आइडियल कलेज “ए”  बिच तेर्सो स्थानका लागि दिन को ११ बजे हुने आयोजक शम्भु कार्कीले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।