सिन्धुल मनकामना साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौँ ,पौष २२ ।
काठमाडौँ महानगरपालिका वडा नं ६ मा सचालित सिन्धुल मनकामना बचत तथा ऋण सहकारी सस्थाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको कपन भिलेज रिसोर्टमा आज आफ्नो ५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाको जेष्ठ शेयर सदस्य सिताराम अधिकारी र कान्छी शेयर सदस्य रिज्मा के.सी रहेका थिए भने बिशेष अतिथि नेपाल सरकारका पुर्व रास्ट्र सेवक कर्मचारी एबम समाज सेबी शिवदत्त भट्टराई रहेका थिए।
त्यस्तैगरी अतिथिहरुमा समाजसेवी शशी प्रसाद शर्मा समाजसेबी शेखर नारायण श्रेष्ठ, समाजसेबी रेबिना जि श्रेष्ठ , जिल्ला खेलकुद विकास समिति काठमाडौका अध्यक्ष धुर्बराज न्यौपाने,नेपाली कांग्रेस बुनपा ११ का सभापति राधे श्याम कार्की लगायत शेयर सदस्य हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्षता उक्त सहकारीका अध्यक्ष रन्जित के.सीले गरेका थिए ।
प्रमुख अतिथिबाट दिप प्रज्ज्वलन सहित उद्दघाटन भएको उक्त कार्यक्रममा संचालक समितिका सदस्य बल बहादुर भुजेलले स्वागत मन्तब्य राखेका थिए । संस्थाको लेखा समितिको संयोजक नेत्र प्रसाद दाहालले बार्षिक लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष केसीले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रमको दोस्रो सत्रमा कार्यसमितिको निर्वाचन भएको थियो ।
निर्वाचन पश्चात कार्यसमितिले पूर्णता पाएको छ। नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण समेत गराइएको थियो । कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रम संचालन संस्थाका सचिब नवराज दाहालले गरेका थिए ।