प्रदेसको अस्थायी राजधानी तोकिएको छैन: नेपाल सरकार

प्रदेसको अस्थायी राजधानी तोकिएको छैन: नेपाल सरकार

कपन अनलाइन

काठमाडौँ ,पौष १९

सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सन्चारमाध्यमबाट सम्प्रेषित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्यसन्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न उक्त कार्यालयका प्रवक्ता तथा सहसचिव हरिप्रसाद पन्थीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।