प्रिमियर लिगमा लिभरपुलले बन्र्लीलाई २–१ गोलले पराजित
कपन अनलाइन
एजेन्सी, १८ पुस । गए राति भएको प्रिमियर लिगमा लिभरपुलले बन्र्लीलाई २–१ गोलले पराजित गरेको छ । लिभरपुलका लागि साइडो मानेले खेलको ६१ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ८७ औ मिनेटमा बन्र्लीका लागि जोहन बर्गले बराबरी गोल फर्काएका थिए ।
यस सिजन फ्रन्टलाइनमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको लिभरपुलले खेलको अन्तिम मिनेटमा गोल गर्दा तीन अंक बटुल्न सक्यो । लिभरपुलका लागि क्लाभानले गोल गरेका थिए ।
त्यस्तै गएराति नै भएका अन्य खेलमा स्टोक सिटी न्युक्यासल युनाइटेडसँग १–० गोलले पराजित भएको छ । लेइसेस्टर सिटीले हडल्सफिल्ड टाउनलाई ३–० गोलले पराजित गरेको छ ।
तपाइँको प्रतिक्रिया ।