गोकर्णेश्वर नगरपालिकामा शैक्षिक ब्यबस्थापनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम

कपन अनलाइन

काठमाडौँ पौष १६ ।

गोकर्णेश्वर नगरपालिकाले शैक्षिक ब्यबस्थापनमा स्थानीय निकायको भूमिकाको बारेमा छलफल एबम अन्तरक्रिया कार्यक्रम शनिबार जोरपाटीको पिस ब्यांककोएटमा सम्पन्न भएको थियो

उक्त कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे  बिशेष अतिथि प्रा.डा विद्यानाथकोइराला ,डा. बिष्णु कार्की शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरि लम्साल, प्रमुख सल्लाहाकार दिपक रिसाल लगायत सबै वडाका वडा अध्यक्ष गोकर्णेश्वर नगरपालिकाको  स्रोत ब्यक्ति , शिक्षा अधिकृत  लगायत शिक्षा संग सरोकार राख्ने ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय सरकार संचालन एन २०७४ को परिच्छेद ३ दफा ११ को उपदफा २ को खण्ड ज बमोजिम आधारभूत र माध्यमिक शिक्षा सम्बन्धि केहि बिषय गोकर्णेश्वर नगरपालिकाको कार्य क्षेत्र भित्र पर्ने भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

संघिय नेपालको स्थानीय सरकार संचालन एन २०७४ ले शैक्षिक नीति बैज्ञानिक उत्पादनमुलक ब्यबहारिक जनमुखी र राष्ट्रमुखी हुनु पर्ने व्यवस्था मिलाएको छ । यसको अर्थ  निजि शैक्षिक सस्था सामुदायिक संस्थागत ,गुठि ,सहकारी मोडलमा स्थापना गरिनु पर्ने र स्थानीय निकायले अनुमति संचालन व्यवस्थापन र अनुगमन गर्नुपर्ने छ , प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिमको योजना तर्जुमा गर्नु लगायत संचालन  अनुगमन मूल्यांकन र नियमन स्थानीय सरकारको काधमा थपिएको छ भने स्थानीय सरकार संचालन एन २०७४ ले एउटा छुट्टै चुनौती  संगै अवसर पनि प्रदान गरेको कुरा प्रा.डा बिध्यानाथ कोइरालाले बताएका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले  हिजोको दिनमा  ब्यबसायिक नीतिले खोलिएको बिद्यालयहरुलाई सामुदायिक ,सस्थागत गुठि या सहकारी मोडेलमा गाभिनुपर्ने व्यवस्था गरिएको अब स्थानीय सरकार संचालन एनले नै गरेको बताएका थिए। उनले  बिद्यालयहरु एक आपसमा गाभिनको लागि नगर शिक्षा समिति गठन गरिने र त्यहि समितिले आवश्यक सहयोग समन्वय र सहजीकरण गर्ने जानकारी समेत दिएका थिए ।

त्यस्तै गरि उनले केन्द्रीय सरकार ,प्रादेशिक सरकार र स्थानीय सरकार बीच शैक्षिक नीति संगै संचालनका लागि आर्थिक नीति समेत छलफल  गरिएको थियो ।

फोटो सौजन्य : विकास चालिसे

तपाइँको प्रतिक्रिया ।