कपन जेसिसको अध्यक्षमा बिकास श्रेष्ठ निर्वाचित

कपन अनलाइन

काठमाडौँ पौष १६ ।

बुढानिलकण्ठ नगरपलिका वडा नं १० मिलन चोकमा कपन जेसिसले आफ्नो सातौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको संचालन जेसीस दिपक अधिकारीले गरेका थिए भने संस्थाको बार्षिक प्रतिबेदन कोषाध्यक्ष रोजिना जंगमले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको दोस्रो सत्रमा कपन जेसिस वर्ष २०१८ को लागि पदाधिकारीहरुको चयन गरिएको थियो उक्त निर्वाचनबाट सर्वसम्मत रुपमा विकास श्रेष्ठ अध्यक्षमा चुनिएका छन् ।

यसैगरी झनक बहादुर अधिकारी (दिपक)  निबर्तमान अध्यक्ष (आइ .पी .पी), रिता बुढाथोकी कानुनि सल्लाहकार ,अमित कुमार अधिकारी बरिष्ठ कार्यकारी उपाध्यक्ष , रुपेश भट्टराई कार्यकारी उपाध्यक्ष, रोजिना जंगम कार्यकारी उपाध्यक्ष, मुना लामा उपाध्यक्ष, कृष्ण अधिकारी उपाध्यक्ष, गायत्रा बि.सी उपाध्यक्ष, नारयण शाह उपाध्यक्ष, बिमला घिमिरे महासचिब ,प्रमोद बजगाई सचिब  नवराज बन सचिब , राजकुमार खत्री कोषाध्यक्ष, राजन न्यौपाने सह कोषाध्यक्ष,रामकुमार थापा सह सचिब ,विकल शिवाकोटी तालिम अधिकृत ,आशिष अधिकारी खेलकुद अधिकृत ,दिपक जंग अधिकारी शाखा अधिकृत,दिपा गिरी जन सम्पर्क अधिकृत ,रिता थपलिया कार्यक्रम अधिकृतमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाइ एक कार्यक्रमको आयोजना गरेर पद हस्तान्तरण  गरिने आयोजकले कपन अनलाइनलाइ जानकारी दिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।