काठमाडौं क्षेत्र नं ४ मा समानुपातिक तर्फ नेकपा एमालेका कोहि परेनन्

कपन अनलाइन 

काठमाडौ,पौष १६।

प्रदेस नं ३ मा नेकपा एमाले ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले  समानुपातिक तर्फ प्रदेस सभा सदस्य चयन गरेका छन ।नेपाली कांग्रेसका तर्फ बाट प्रत्यक्ष निर्वाचित सहित ४ जनाले काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि सभा तथा प्रदेस सभामा प्रतिनिधित्व गरेका छन ।

तर नेकपा एमालेका प्रदेस क्षेत्र २ मा प्रत्यक्ष निर्वाचित कुसुम कुमार कार्की बाहेक अन्य कुनै पनि उम्मेदवारहरु छनौटमा परेका छैनन् ।लगातार ३ वटा निर्वाचनमा पराजित बनेको एमालेले यो   क्षेत्रमा अगिल्लो पटक बिज्ञ समुह बाट छनौट भएका डा . राजन भट्टराई सांसदको रुपमा पाएको थियो तर यस पटक प्रतिनिधि सभामा कुनै पनि प्रतिनिधित्व भएको छैन भने प्रदेस सभामा सिफारिसमा परेका सुन्दर पुर्कुटी पनि प्रदेस सभा सदस्य बन्न सकेनन ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्रमा सिफारिसमा परेका निर्मल देउला पनि समानुपातिक तर्फ छनौट हुन् सकेनन जसले गर्दा एउटा प्रदेस क्षेत्र बाहेक नेकपा एमालेको प्रतिनिधित्व हुन् सकेन। यसले आम कार्यकर्ता पंक्तिमा निकै निराशा छाएको एक नेताले बताए।

यस विषयमा प्रतिकृया लिदा सुन्दर पुर्कुटीले यो स्वाभाविक राजनीतिक प्रकृया भएकोले कसैले निरास हुनु नपर्ने बताए । उनले अव नया तरिका र सोच बाट संगठन र पार्टी बनाउन लाग्नुपर्ने बताएका छन।

स्थानीय तहमा निकै राम्रो नतिजा निकालेको नेकपा एमाले काठमाडौं ४ मा माथिल्लो तहमा प्रतिनिधि नहुदा कार्य सम्पादनमा केहि जटिलता थपिने र असजिलो हुने एक जनप्रतिनिधिले बताए। निकै चर्चामा रहेको यस क्षेत्रमा समानुपातिक तर्फ उम्मेदवार छनौट हुने अपेक्षा थियो तर त्यस्तो हुन् सकेन उनले बताए।

अलि प्रभावकारी तयारी र लबिंग हुन् नसक्दा यस क्षेत्रमा समानुपातिक तर्फ सांसद ल्याउन नसकिएको एक क्षेत्रीय नेताले बताए।सांसद ल्याउन नसकिए पनि अव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रभावकारी परिचालन गरेर जनताको सेवा गर्ने उनको धारणा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।