ललितपुरलाई पराजित गर्दै भैरहवा फानइलमा, उपाधिका लागि विराटनगरसँग भिड्ने
कपन अनलाइन
काठमाडौं, १३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको खेलमा ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै भैरहवा ग्यालियटर्स फाइनलमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा भैरहवाले ललितपुरलाई ३ विकेटले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा १३२ बनाएको थियो ।
ललितपुरले दिएको १३३ रन पछ्याएको भैरहवाले ३ बल बाँकी छँदा पुरा गर्यो । अब उपाधिका लागि शनिबार भैरहवा ग्याडियटर्सले विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
तपाइँको प्रतिक्रिया ।