पारिवारिक वातावरणमा रमाइलो लिन कपन भिलेज रिसोर्ट,जगडोल

पारिवारिक वातावरणमा रमाइलो लिन कपन भिलेज रिसोर्ट,जगडोल

कपन अनलाइन 

काठमाडौ,पौष १३।

बढ्दो आधुनिकीकरण संगै  रिसोर्ट मा गएर बस्ने सँस्कृति पनि उपत्यका लगायत अन्य सहरमा मौलाएको छ । महिनाको एकचोटी वा सम्भव भए हप्तामा एक चोटी रेष्टुँरा गएर खाना खाने चलन युवा बर्गमा बढ्दो छ।

यही सँस्कृतिको सत्कार गर्न काठमाडौँमा विभिन्न स्थानमा बेग्लै स्वाद, शैली अनि बनावटका रेष्टुँरा रिसोर्टहरु  सञ्चालन भएका छन् । तिनै पछिल्लो समयमा देखा परेको परिवर्तित जीवनशैली एवं बढ्दो व्यस्तताले गर्दा रिसोर्ट व्यवसाय फस्टाएको छ।

काठमाडौँ बाट उत्तर तर्फ जगडोल नजिक राष्ट्रिय शहिद पार्क जाने बाटोमा रमणीय स्थानमा पर्याप्त पार्किंगको सुबिधा सहित संचालनमा आएको कपन भिलेज रिसोर्ट अहिले सबैको रोजाइमा पर्दै आएको छ ।

सहर र बजारको कोलाहलबाट अलिकति टाढा यो रिसोर्ट गोकर्ण हुदै जगडोल जाने उकालोमा रहेको छ। अहिले सप्ताहन्तको छुट्टी मनाउन होस् वा बर्थ डे, एनिभर्सरी लगायत अन्य गेटटुगेदरका लागि होस् साथीभाइ एवं परिवारका साथ जाने प्रचलन बढेकाले  रिसोर्ट पनि राम्रै चलेको छ ।

२०७० साल मंगसिर १० गते खुलेको यो रिसोर्टको बनावट र यसको वरिपरी भएको प्राकृतिक छटाले यसलाई अझ गुणात्मक बनाएको छ ।खानाका पारखीहरूका लागि राजधानीमा विभिन्न अन्तर्राष्ट्रिय स्वादका रिसोर्टहरू छँदैछन् । तर, यो रिसोर्टमा प्रकृतिसँग लुकामारी खेल्दै उपत्यकाको दृश्याबलोकन गर्दै  खानाको स्वाद लिनुको आनन्द पनि अर्कै हुने गर्छ ।

प्राय रेष्टुँरामा पाइने सबै परिकार यहाँ पनि उपलब्ध छन् ।तर यहाँ ती परिकार अन्यको भन्दा बढी स्वस्थकर र सस्तो रूपमा उपलब्ध हुने  रिसोर्टका एक्जिक्युटिभ सेफ  बिनोद बरालले कपन अनलाइनलाइ बताए।

उनले  यहाँ इण्टरनेट  वाइफाईको सुबिधा समेत दिदै आएको छ। भने रेगुलर ग्रहाकलाइ १० % को छुट संगै बिभिन्न समयमा यहा आउने ग्राहकहरुलाई समय समयमा छुट र अफर समेत दिदै आएको छ भने रेगुलर ग्राहकलाई प्रिभिलेज कार्ड दिने गरेको  समेत उनले  बताए  ।

सुलभ मूल्यमा उच्च गुणस्तरीय खाना पस्किने रिसोर्टमा  चाहनेहरूका लागि थकान मेटाउने उचित गन्तव्य  रहेको समेत बताए। यहा  पिकनिक स्पट, फेमिली प्याकेज, सेमिनार–तालिम वा गोष्ठी संचालनका लागि पनि हल को व्यवस्था रहेको छ ।

अहिले सप्ताहन्तको छुट्टी मनाउन होस् वा बर्थ डे, एनिभर्सरीलगायत अन्य गेटटुगेदरका लागि होस् साथीभाइ एवं परिवारका साथ नाइटस्टे जाने प्रचलन बढेकाले  यहा भीड लाग्न थालेको छ ।बिशेष गरि शुक्रबार र शनिबार यहा धेरै मानिसहरु आउने गर्दछन ।

शान्त बाताबरण मा रहेको यस रिसोर्टमा मा एकपटक जाने व्यक्ति पुन: दोहोर्‍याएर पुग्ने गरेका छन् ।आन्तरिक तथा बाह्य पर्यटक उत्तिकै आउने यो कपन भिलेज रिसोर्टमा गुणस्तरीयता एवं कस्टमर केयरिङ सेवाका कारण ग्राहकहरू दोहोर्‍याएर पुग्छन् । यहाँ नयाँ वर्ष, क्रिस्समस तथा अन्य त्यस्तै माहौलमा सांगीतिक कार्यक्रम पनि सञ्चालन हुने गरेको छ  ।यहाँ प्रदूषणमुक्त वातावरणमा स्वच्छ हावा तथा पर्याप्त मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।

काठमाडौँ को मनोरम दृश्यहेर्दै नेपाली तथा बिदेशी स्वादिष्ट परिकार नेपाली खाना सहित लोकल कुखुरा, लोकल खसी–बोका, अर्गानिक लोकल तरकारी, फापर एवं कोदाको ढिँडो यहाँका विशेषता रहेका छन।

परिवार सहित बस्नको लागि पनि राम्रो सुबिधा यहाँ रहेको छ  । आनन्द ढकाल ,माधब कार्की, धुर्वराज न्यौपाने,नरेश पौडेल, बिकाशराज दहाल संचालक रहेका यस रिसोर्टमा ११ जना कामदार रहेका छन ।अहिले मानिसमा बढ्दै गएको व्यस्तता र व्यावसायिकताका कारण परिवारसँग एक दिन भए पनि गुणस्तरीय समय बिताऊँ भन्नेहरूको संख्या बढ्दैछ ।

यसैलाई मध्यनजर गरी हामीले सेवा र सुबिधा मा ध्यान दिइरहेको   बिनोद बरालले बताए । कपन रिसोर्टमा अग्रिम बूकिंगको पनि व्यवस्था  रहेको छ जसको लागि यहाहरुले ९८१८९१३४७३ ,९८६९०७८९८३  मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।