बुनपा ११ जगडोल लागु औषध दुर्व्यसनीको अखडा बन्यो ,यसको नियन्त्रण होस् (पाठक चौतारी )
कपन अनलाइन
काठमाडौ,पौष १३।
हामी सवैको एउटै बोल सफा, सभ्य र सुन्दर जगडोल भन्ने नाराको साथमा बिगत केहि समय देखि जगडोलका युवाहरु एकजुट भइ आफ्नो स्थानको बिकासमा लागि परेका थिए। यो कामले निरन्तरता पाओस।
साथ साथै बिगत केहि समय देखि जगडोलका केहि स्थानहरु लागु औषध दुर्व्यसनीको अखडाको रुपमा निर्माणाधीन क्रिया पुत्री भवन भएको र त्यहा भेटिएको लागुऔषध प्रयोग कर्ताले छाडेका लागुऔषध सेवन गरि फालिएका बेवारिसे सिरिन्ज, चुरोटका ठुटाहरु भेटिएको थियो।
यसले हाम्रो समाज कता गैरहेको छ भन्ने देखाउछ एसले हाम्रो समाजमा नकारात्मक असर पर्ने नै छ भने पछिल्लो समयमा लागु औषध प्रयोगकर्ताहरुको संख्या बढ्दै जादा जोखिम समेत वृद्धि हुदै गएको छ।
त्यसैले लागू औषध प्रयोगको जोखिम न्युनीकरण गर्न जगडोललाइ लागुऔषध निषेधित क्षेत्र घोषणा गरिनु पर्ने देखिन्छ। यस बाट के खुल्छ भने जगडोलका केहि खुल्ला तथा एकान्त स्थानलाई लागु पदार्थ दुर्व्यसनीले प्रयोग गर्दै आएको देखिन्छ तसर्थ सचेत नागरिकको हिसाबले जगडोल रेसिडेन्ट ग्रुपले यस्ता गतिबिधिलाइ नियन्त्रण गर्ने उदेश्यले प्रहरी प्रशासनलाई निगरानी गर्न अनुरोध गरेका छन।
तरपनि जगडोलका कति पय एकान्तमा अझै त्यस्ता गतिबिधि बढिरहेको नै पाइएको छ। त्यसैले सम्बन्धित निकायमा पहल गरियोस र स्थानीय जनताले पनि लागुऔषध निषेधित क्षेत्र घोषणा गर्नको लागि प्रत्येक टोल टोल समावेश हुनेगरी लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक घरदैलो तथा पर्चा पम्पलेट वितरण कार्यलाई तिब्रता दिनुपर्ने साथै अति प्रभावित, प्रभावित र कम प्रभावित स्थानहरुको पहिचान गरी लागुऔषध निषेधित एरीयामा होडिङ बोर्ड राखी लागुऔषध निषेधित एरीया घोषणा गर्न सहयोग गर्न पर्ने देखिन्छ।
साथै लागुऔषध सचेतना फैलाउने किसिमका स्टिकर निर्माण गरी सार्बजनिक यातायातहरुमा टास्ने, आमा समुह, टोल विकास संस्था, युवा क्लबहरुसंग लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने, साथै सार्वजनिक सवारी चालक तथा सह चालकहरुलाई समेत लागुऔषध नियन्त्रण सम्बन्धी प्रशीक्षण लगायतका अन्य विभिन्न क्रियाकलापहरु गरियो भने पक्कै पनि जगडोल हामी सवैको एउटै बोल
सफा, सभ्य र सुन्दर जगडोल बन्न सक्नेछ। त्यसैले त्यता तर्फा सबैको ध्यान जानु जरुरी देखिएको छ ।
यसको लागि पहल कदमी लिनका लागि हामि सम्बन्धित निकाय संग अनुरोध गर्दछौ ।
अनुरोध गर्ने
बुनपा ११ जगडोल वासीहरु