युवा स्वयं सेवकहरुलाई बुनपा प्रमुख उद्दव खरेलले के भने ?
कपन अनलाइन
काठमाडौ,पौष १३ ।
बूढानिलकण्ठ नगरपालिकामा असर सर्भेको लागि स्वयंसेवक तालिम चलिरहेको छ। नगरका चार स्थान कपन बाल उद्दार स्कुल, वडा नं ८ को कार्यालय, चपलि सामुदायिक केन्द्र र बूढानिलकण्ठ सामुदायिक प्रहरी कार्यालयको हलमा स्वयमं सेवकहरुलाई ४ दिवसिय तालिम ११ बजे देखि ४ बजे सम्म दिने व्यवस्था मिलाइएको छ।
तालिममा नगरका घरहरुमा गएर सोधिने प्रश्न, अनुसन्धान गर्ने तरिका बारे सिकाइएको थियो । सोहि तालिमको निरीक्षणको लागि आज बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल बालउद्दार माविमा संचालन भैरहेको असर सर्भे तालिमको निरक्षण गर्न पुगेका थिए।
उनले त्यहा तालिमको निरीक्षण गर्दै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिमका बारेमा प्रश्न सोधेका थिए। भने उनले प्रशिक्षकहरु संग पनि तालिम संचालन बारेमा सोधेका थिए उनले कार्यक्रममा सहभागीहरुलाइ शुभकामना दिंदै तालिममा सिकेका कुरा ब्यबहारमा उतार्न अनुरोध समेत गरेका थिए ।
उनले यो कार्यक्रम पहिलो पल्टको प्रयास भएको र आगामी दिनमा उनले नगरपालिकाले आफ्नो क्षेत्रको शिक्षाको स्तर थाहा पाउनको लागि सर्भे मार्फत जानकारी संकलन गर्न स्वयं सेवक पठाउने तयारीका साथ् यो तालिम सुरु गरिएको बताउदै उनले नगरपालिकाले यस सर्भेबाट आउने जानकारीहरुलाई शिक्षाको गुणस्तर बढाउने गरि स्थानीय तहको नीति निर्माण, कार्ययोजना तर्जुमा र बजेट बिनियोजन गर्ने कार्यमा प्रयोग गर्न लागेको बताएका थिए। उनले यस्तो काम बाट रोजगारी सिर्जना गर्न पनि सहयोग पुग्ने बताएका थिए ।
सोहि असर सर्भे तालिमको निरीक्षणमा निस्किएका बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्दब खरेल संग कपन अनलाइनले गरेको संक्षिप्त कुराकानी यहा प्रस्तुत गरिएको छ:
कपन अनलाइन : यो कस्तो कार्यक्रम हो र कसरी यो कार्यक्रम अघि बढिरहेको छ?
उद्दब खरेल : बुढानिलकण्ठ नगरपालिका नीति निर्माणको क्रममा अगाडी बढिरहेका छौ । यो बुढानिलकण्ठ नगरपालिका सबै भन्दा पहिला शिक्षा र स्वास्थ्य लाइ अगाडी बढाउनु पर्छ भन्ने उदेश्य हो।
त्यसको नीति निर्माणको सवालमा यहाको शैक्षिक स्थितिमा के कस्तो छ। यहाका सरकारी बिद्यालयहरु कस्ता छन निजि बिद्यालयहरु कस्ता छन् यी सबैलाई कोर्ड़ीनेसन गरेर एक अर्कामा समंवय गरेर कसरी गुणस्तर शिक्षा प्रदान गर्ने ,कसरि एसको भौतिक पूर्वाधार विकास गर्ने, कसरि शैक्षिक पूर्वाधार विकास गर्ने र मानिसहरुलाई शिक्षा मेरो लागि हो भन्ने कुरा चाहि उनीहरुलाई महसुस गराउने अभियानमा हामी रिसर्च खालको अभियान अन्तर्गत एउटा सानो प्रयास हो।
बुढानिलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रको शिक्षाको स्तर थाहा पाउनको लागि सर्भे मार्फत जानकारी संकलन गर्न असर नेपाल संग सहकार्य गरेर । नगरपालिकाले यस सर्भेबाट आउने जानकारीहरुलाई शिक्षाको गुणस्तर बढाउने गरि स्थानीय तहको नीति निर्माण, कार्ययोजना तर्जुमा र बजेट बिनियोजन गर्ने कार्यमा प्रयोग गर्ने सोचका साथ् यो सुरु गरिएको हो ।
यस अन्तर्गत सर्भे हुने समुदायका युवा स्वयमसेवकहरु छानेर र तालिम दिएर त्यस क्षेत्रका बिद्यालयहरुको अवलोकन र बालबालिकाहरुको जाँच गर्न लगाइन्छ।
अहिले नगरका चार स्थान कपन बाल उद्दार स्कुल, वडा नं ८ को कार्यालय, चपलि सामुदायिक केन्द्र र बूढानिलकण्ठ सामुदायिक प्रहरी कार्यालयको हलमा स्वयमंसेवकहरुलाई तालिम दिने व्यवस्था मिलाइएको छ। तालिममा नगरका घरहरुमा गएर सोधिने प्रश्न, रिसर्च गर्ने तरिका बारे सिकाइ रहेका छन ।
कपन अनलाइन :यो कार्यक्रम कत्तिको प्रभावकारी देख्नु भएको छ ?
उद्दब खरेल : अब हरेक कुरा प्रभावकारी त अब त्यसको रिजल्ट आएपछि मात्रै थाहा हुन्छ। सबै कुरा एकनासको प्रभावकारी नहुन पनि सक्छ । हामी पहिलो प्रयास प्राक्टिसमा लागेका छौ सबैको घर घर गएर तपाइको बालबालिका कत्तिको शैक्षिक छ ,बाताबरण कस्तो छ। भन्ने कुरा धेरै बाट लिएर कम्पाइल गरेर एउटा निष्कर्ष निकालियो भने त्यो हाम्रो लागि मार्गदर्शक हुन सक्छ ।
कपन अनलाइन : हिजो एकजना नगरबासीले हाम्रो पाठक चौतारीमा पार्टीको झन्डा र पर्चा बोक्न रहर गर्ने युवा यस्तो सृजनशील काममा किन उपस्थिति हुदैनन भनेर गुनासो राख्नु भएको थियो, कम सहभागितालाई यहाले कसरि लिनु भएको छ?
उद्दब खरेल : स्वाभाविक रुपले यो एउटा समुहले गर्दै हुनहुन्छ ।हामीले सार्बजनिक आवहान गरेका थियौ ।सार्बजनिक आवहानमा जति मानिसले आबेदन दिनुभयो ।त्यी भएका मानिसहरु सबैलाई जम्मा गरेका छौ ।यसमा उहाहरुले छलफल गरेर कति जना एक्टिभ हुनुहुन्छ उहाहरुलाई प्रमाण पत्र दिएर अगाडी बढाउछौ । पहिलो चोटी भएर पनि हुन सक्छ कम सहभागिता भएको ।
आगामी दिनमा अरु किसिमका कार्यक्रममा हामी सबैलाई समेट्ने प्रयास गर्नेछौ र धन्यबाद जसले पाठक चौतारीमा गुनासो राखेर हामीलाई आफ्नो कुरा राखेकोमा हामी त्यस कुरालाई आगामी दिनमा समेट्ने प्रयास गर्नेछौ ।
कपन अनलाइन : अन्त्यमा यस कार्यक्रमको बारेमा आम नगरबासीलाई केहि सन्देश छ की ?
उद्दब खरेल : आदरणीय बुढानिलकण्ठ नगरबासी दाजु भाइ तथा दिदीबहिनी हरेक कुरा एकैपल्ट हुदैन बिस्तारै यहाको समस्याको पहिचान गर्नुपर्छ ।समस्याको जरो बुझेपछि मात्र केहि काम गर्न सक्छौ।
त्यसकारण हाम्रो समाज बिकासको लागि आधारभूत कुराहरु शिक्षा,स्वास्थ्य सरसफाई ,चेतनाका कुराहरु हामी जनताकै लेभलमा युवा पिढीमा महिला बर्गलाई जनताको पक्षमा लगेर उहाहरु संग सल्लाह लिने ,छलफल गर्ने नीतिनिर्माण गर्ने काममा छौ।
यो बर्षलाई हामीले नीति बर्ष हो धेरै कामहरु हुदैन। त्यसकारण हामी आगामी केहि महिना पछी हामी हाम्रो कामलाई एग्रेसिभले अगाडी बढाउने छौ। अन्त्यमा सबैले आ-आफ्नो घरमा आउने सर्भे को लागि आउने युवा भाइ बहिनि स्वयं सेवकहरु तपाई हाम्रा नै स्वयं सेवकहरु हुन्। उनीहरुलाई सत्य तथ्य बताएर अनुसन्धानमा सहयोग गरिदिनु होस् भन्ने अनुरोध गर्दछु ।