सुगम साकोस बुनपा ११ को अभिमुखिकरण तालिम सम्पन्न

सुगम साकोस बुनपा ११ को अभिमुखिकरण तालिम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,पौष ११ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल स्थित श्री जनजागृती माध्यमिक बिद्यालय परिसरमा सुगम वचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा एक दिने समूह तालिम तथा सहकारी अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा स्थानिय महिलाहरुको उल्लेख्य मात्रमा सहभागिता थियो । बिगत लामो समयदेखी स्थानिय महिलाहरुलाई समुहमा आवद्ध गरि विभिन्न आर्थिक, सामाजिक तथा जनचेतनामुलक गतिविधिहरु गर्दै आएको आयोजक संस्थाले तालिमको माध्यमवाट महिलाहरुको आर्थिक सामाजिक प्रगतिको लागि एकजुट भएर अगडी बढ्नु पर्छ ।

महिलाहरुको आर्थिक बिकासको लागि आफै सकृय भएर विभिन्न किसिमका साना तथा मज्याउला ब्यबसाय गर्न सहभागीहरुलाई उत्प्रेरित गरेको थियो । साथै सामिजिक बिसङ्गती बिकृती बिरुद्ध पनि यस्ता यस्ता बिबिन्न किसिमका महिला समूह, आमा समूह, स्वाथ्य समूह आदिले गरेका भुमिकाको बारेमा जानकारी गरिएको थियो ।

करिव ३ घण्टा जति सन्चालन भएको तालिम कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी केन्दृय संघ (NEFSCUN) वाट आउनु भएका तालिम अधिकृत नव कुमार अधिकारी पनि उपस्थिति हुनु हुन्थ्यो भने संस्थाका अध्यक्ष श्यामराज गौतम, शिक्षा समिती संयोजक राजेश पौडेल तालिम कार्यक्रम सन्चालन गरेका थिए ।

समूह गठन हुनु वा समुहमा आवद्ध हुनु मात्र भन्दा नि के प्रयोजनका लागि गठन भएको र यसका काम कर्त्यब्य अधिकार के के हुन, यसका फाईदा बेफाईदा के कस्ता छन आदि जस्ता कुराको राम्रो सँग जानेर, बुझेर मात्र समुहमा आवद्ध हुनु पर्दछ भन्ने कुरा जानकारी पाएको र यस्ता कार्यक्रम हामी जस्ता गृहणी महिलाहरुका लागि अत्यन्त महत्वपुर्ण रहेकी प्रतिकृया सहभागी महिलाहरुले दिएका थिए । साथै अवका दिनमा संस्थाले अन्य शिपमुलक तालिम पनि सन्चालन गर्नुपर्ने कुरा बताएका  थिए ।

तपाइँको प्रतिक्रिया ।