बंगलादेशको ढाकाको डेन्टल पड्दै गरेकी नेपाली विद्यार्थीले आत्महत्या गरिन

बंगलादेशको ढाकाको डेन्टल पड्दै गरेकी नेपाली विद्यार्थीले आत्महत्या गरिन

कपन अनलाइन 

पंजाव ,पौष ६ /सुबोध रेग्मी

बंगलादेशको ढाकाको डेन्टल पड्दै गरेकी नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । बंगलादेशको ढाकाको पाईनर डेन्टल कलेजमा पड्दै गरेकी नेपाली विद्यार्थी बेनिषा शाहले मंगलबार आत्महत्या गरेकी हुन्  ।

बंगलादेश बक्रा भन्ने स्थानको आफु बस्दै गरेको होस्टेलमा झुण्डिएर आत्महत्या गरेकि हुन् । २:१५ मा पाएको थिए जानकारी प्राप्त गर्ने बित्तिकै मैले टोलिलाइ घटनास्थलमा पठाएको थिए भन्छन घटनाको अनुसन्धान गर्दै गरेया प्रहरी अधिकारी करुम्जन  । स्रोतका अनुसार बिनीषा पाईनर डेन्टल कलेजको २२औं ब्याज हुन्  भने उनि ३ श्रो बर्षमा अध्यन गर्दै गरेकी विद्यार्थी हुन् ।

सिक्षक र कलेज प्रसासनको आत्याधिक  तनाब  सहन नसकेर आत्महत्या गरेको मृतक शाहकि साथीले त्यहाका स्थानीय पत्रकार तथा प्रहरीलाई बयान दिएका छन् । कलेज प्रसासनले २ श्रो टर्म परिक्षा दिनका लागि प्रवेश पत्रका लागि तुरुन्त  २लाख को माघ गरेको थियो । बिनिशाले २ लाखको जोरजाम गरेपछि परिक्षामा बस्न पाएकी थिइन ।

बिद्यार्थीहरु माथि निकै अन्याय हुने गरको र जानी जानी असफल बनाउन र घुस माग्ने बातावरण सिर्जना गरि चर्को रकम असुल्ने साथै परिक्षाको प्रश्न निकै कठिन राखी फेल गराएको र ५०-७० हजार सम्म घुस लिगी विद्यार्थीलाइ पास गराएको समेत विद्यार्थीले बताएका छन् ।

आत्मा हत्या गरेको दिन पनि परिक्षा जानी जानी गाहो प्रश्न राखी उनको मनोबल गिराइ गाली गलोच पनि गरिएको उनका साथीहरु बताउछन । बिनिषाले परिक्षा केन्द्र आधा घण्टा पहिले छाडेकी र असफल हुने डर र अत्याधिक प्रेसरका कारण आत्महत्या गरेको उनका साथीहरु गुनासो गर्छन ।

यो बिषयमा पुलिसको अनुसन्धान भैरहेको र उनको मृत सरिर ढाका मेडीकल कलेजको मुर्दाघरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।