कपन क्षेत्रमा डुवान समस्या : वर्षामा आस्वासन बाढ्ने कि हिउदमा समाधान खोज्ने ?

कपन क्षेत्रमा डुवान समस्या : वर्षामा आस्वासन बाढ्ने कि हिउदमा समाधान खोज्ने ?

कपन अनलाइन 

काठमाडौ,पौष ६।

हरेक वर्ष याममा साविक कपनका तिन वटा वडाहरुले डुवानको समस्या भोग्दै आएका छन ।अलिकति पानी पर्दा पनि यस क्षेत्रका वासिन्दाहरु बाल्टिन ,बाटा र अन्य सामग्री लिएर पानी हटाउन सबै काम छोडेर लाग्नु पर्ने बाध्यतामा रहेका छन ।

या क्षेत्रका हरेक जनतालाई प्रश्न गर्दा आउने पहिलो समस्या सायद पानी र डुवान कै हो। यस तर्फ बेलामा योजना निर्माण गर्नु पर्ने तर्फ सबै को एकमत हुन्छ तर त्यो केवल डुबानमा परेका जनताको अगाडी डुबान कै समयमा मात्र जुन छेपारोको दाउरा खोज्ने कथा संग मेल खान जान्छ ।

जब जब पानी पर्छ त्यस वेला मात्र समस्याको समाधान खोज्ने र हिउद लागेर पानी नपर्दा यहाँ कुनै समस्या नै छैन जस्तो गरेर बस्ने प्रवृतले कुनै दिन यस क्षेत्रमा डुबानका कारण ठुलो दुर्घटना नपर्ला भन्न सकिन्न ।

यस क्षेत्रको डुवान समस्या समधानका लागि नेपाल सरकार र नगरपालिकाको कार्यालय बाट रकम निकासका हुने निर्णय भएर डीपीआर समेत तयार भएको लामो समय भै सकेको छ । यस तर्फ चासो र चिन्ता लिनु पर्ने निकायहरु सचेत नबनेका हुन् वा त्यसमा परेको जटिलता र समस्याका वारेमा गहन किसिमले छलफल नगरेका हुन् यो प्रश्न जता ततै चलिरहेको छ ।

यस समस्याको समधानका लागि आनी गुम्बा सात तले ढल सुधार र बाटो विस्तारका लागि अध्ययन भएर रकम समेत निकासा हुने अन्तिम प्रक्रियामा रहेको महिनौ विति सकेको छ ।तर यसमा के कति समस्या आएर रोकियो भन्ने कुरा सरोकार राख्ने निकायले कुनै स्थानमा छलफल नगर्दा अन्यौलता छाएको छ । यसमा जन प्रतिनिधि र अन्य निर्वाचित प्रतिनिधिले पहलकदमी लिनु पर्ने देखिन्छ ।

निर्वाचनको समयमा स्थानीय तह र संसदीय तहमा समेत उम्मेदवार बनेका ब्यक्तिअरुको निकै चासो र मुद्दा बनेको यो समस्याको समाधानमा एकिकृत योजना बन्नु पर्ने देखिन्छ जुन बाहिर देखिने तरिकाले नभएको स्थानीय जनताहरु बताउछन ।

यो हिउद नबित्दै यस समस्याको ठोस निकास निकालेर समाधान तर्फ नगए यसले आगामी वर्षा याममा बग्ने पानी को भैल संगै जन आक्रोसको आंधी पनि सामना गर्न सरोकारवाला जनताका प्रतिनिधि तयार बस्नु पर्ने एक स्थानीयले बताए ।

यस समस्याले यो क्षेत्रमा बहुआयामिक असर पारिरहेको छ जसमा बसोवास ,बन्द व्यापार र आवागमन मुख्य रहेका छन ।थोरै पानी पर्दा पनि यस क्षेत्रमा हुने डुवानले यातायात र आवागमनमा असर पार्दछ भने त्यसले यहाँ हुने ब्यापारको गतिविधिमा पनि प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्तो जटिल समस्याको समाधानमा कुनै जन दवाव वा सहयोग गर्नु परेमा स्थानीय तयार रहेको डुवानको सबै भन्दा मारमा परेका कपन मिलनचोक तरकारी बजारका एक ब्यापारीले बताए । यो हिउद सम्ममा कुनै निकास निस्कने काम नभए डुवान पिडित संघर्ष समिति निर्माण गरेर आन्दोलन थाल्ने ति ब्यापारीले चेतावनी दिए ।

अव पानी पर्ने समय पर्खेर पुन आस्वासन बाढ्नु भन्दा यस हिउद मै निर्वाचित प्रतिनिधि सभा र प्रदेस सभाका सांसद र स्थानीय तहका जन प्रतिनिधिले यसको ठोस परिणाम मुखी समाधान खोज्नु पर्ने देखिन्छ ।

 

 

तपाइँको प्रतिक्रिया ।