कथा भन्दै वाल वालिकाको पढ्ने बानीको विकास गर्न गाउँ गाउँमा

कथा भन्दै वाल वालिकाको पढ्ने बानीको विकास गर्न गाउँ गाउँमा

कपन अनलाइन 

काठमाडौ,पौष ५ ।

कथालय प्रोडक्सनको समुह अहिले नेपालका विभिन्न जिल्लाहरुका वाल वालिकाहरुलाई पढ्ने बानीको विकासका लागि कथा वाचन कार्यक्रम संचालन गरिरहेको छ ।

कथालय प्रोडक्सन की म्यानेजर शान्ता दाहालले यो अभियान अन्तर्गत बाँके ,बर्दिया ,कैलाली ,कंचनपुर ,सुर्खेत ,डोटी र दैलेख जिल्ला का वालवालिकाहरुलाई पढ्ने बानीको विकासका लागि तालिम र अभिमुखीकरण कार्यक्रम संचालन गरेकी छन ।

पढ्ने बानी र संस्कार विकास गरेर बाल बालिकाहरुको क्षेमता अभिबृदी गर्ने तथा उनीहरुमा अध्ययन गर्ने कलाको विकासका लागि संचालन गरिएको यो कार्यक्रम निकै उपयोगी भएको दाहालले बताइन ।

रुम टु रिड र शेभ द चिल्ड्रेन जस्ता संस्थाहरु संगको सहकार्यमा बाल वालिका सम्बन्धि दर्जनौ पुस्तक प्रकाशन गरेकी दाहालले कथा वचनको मध्यम बाट ज्ञानको प्रसार गर्ने तथा बाल बालिकामा सकारात्मक परिवर्तन ल्याउन सकिने हुदा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढाएको बताउछिन ।

यस्ता कार्यक्रमले बाल बालिका मात्र नभई उनीहरुका अभिभावकहरुमा पनि परिवर्तन आउने उनको ठम्याई छ ।

 

 

तपाइँको प्रतिक्रिया ।