काठमाडौका २० प्रदेस क्षेत्रमा विजयी प्रदेस सभा सदस्यहरु
कपन अनलाइन
काठमाडौ,मंगसिर २६।
काठमाडौं जिल्लाका १० क्षेत्र मा रहेका २० प्रदेस क्षेत्र मा निर्वाचित र उपविजेता हरुले प्राप्त गरेको मत विवरण निम्नानुसार रहेको छ ।
१) काठमाडौँ क्षेत्र नं १ को प्रदेशसभा क मा नेपाली काँग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले ६ हजार २३१ मत प्राप्त गरेका थिए भने वाम गठबन्धनकी विष्णुकुमारी भुसालले चार हजार ६१८ मत प्राप्त गरेकी थिइन् थियो ।
त्यस्तै क्षेत्र नं १ को ख प्रदेशमा भने वाम गठबन्धनका गणेशप्रसाद दुलाल विजयी भएका छन भने उनले ४२४२ मत प्राप्त गर्दै गर्दा काँग्रेसका सुरजचन्द्र लामिछानेले ४२२३ मत प्राप्त गरेका थिए ।
२) काठमाडौँ क्षेत्र नं २ को प्रदेश सभा क मा बाम गठबन्धन का तर्फा बाट नेकपा एमालेका सानु कुमार श्रेष्ठ बिजयी भएका छन । उनले नेपाली कांग्रेसका लोकेश ढकाल लाइ ३ हजार १ सय ७८ मत अन्तरले पराजित गरेका हुन । सानु कुमार श्रेष्ठले ८९३६ मत ल्याए भने नेपाली काग्रेस का लोकेश ढकाल ले ५७५८ मत प्राप्त गरेका थिए ।
क्षेत्र नं २ को ख प्रदेशमा वाम गठबन्धनका मणिराम फुयाल बिजयी भएका छन् उनले १६, ५७५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनहरी खड्काले ८२६८ मत प्राप्त गरेका थिए
३) काठमाडौँ क्षेत्र नं ३ को प्रदेश सभा क मा नेपाली काँग्रेसका छिरिंग दोर्जे लामा बिजयी भएका छन् उनले प्रदेश सभा ‘क’ मा बाम गठबन्धनका रुद्र बराइलीलाइ १११३ मतान्तरले पराजित गरेका हुन । छिरिंग दोर्जे लामा ले ६४४८ मत ल्याई बिजयी भएका छन भने रुद्र बराइलीले ५३३५ मत ल्याएका थिए।
क्षेत्र नं ३ को ख बाम गठ बन्धन का रामेश्वर फुयाल विजयी बनेका छन । उनले १०८८६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी विमल ठकुरी ले १०८१९ मत प्राप्त गरे । फुयालले ठकुरी लाई ६७ मतले पराजित गर्दा विवेकशील साझा पार्टीले १०७८ मत प्राप्त गरेको थियो ।
४) काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा क मा नेपाली काँग्रेसका नराेत्तम वैद्य बिजयी बनेका छन । उनले ८६ १९ मत प्राप्त गरेका थिए भने नका निकटतम प्रतिस्पर्धी निर्मल कुइँकेल ले ७७९४ मत प्राप्त गरेका थिए ।बैध र कुइकेल विच ८२५ मत अन्तर रहेको छ ।
त्यस्तै गरि क्षेत्र नं ४ को ख मा बाम गठबन्धनका कुसुम कुमार कार्की विजयी भएका छन । कार्कीले १२३४६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका साधुराम खड्काले ९४५४ मत प्राप्त गरेका छन।
सुरुवाती चरण देखि नै अग्रता कायम गरेका कार्कीले २८९२ मतको अन्तर कायम गरेका थिए । त्यस्तै यस क्षेत्रमा नया शक्ति नेपालले १३० ,संघीय समाजवादी फोरमले ७२ मत प्राप्त गरेका छन भने विवेकशिल साझा पार्टीले १४६१ मत प्राप्त गरेको छ।
५) काठमाडौँ क्षेत्र नं ५ को प्रदेश सभा क मा बाम गठबन्धनका नारायण सिलवाल बिजयी भएका छन उनले नेपाली कांग्रेसकी रमा गुरागाइलाई ३४८१ मत अन्तरले पराजित गरेका हुन ।उनले ७७९० मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसकी रमा गुरागाईंले ४३०९ मत प्राप्त गरेकी थिइन ।
त्यस्तै गरि क्षेत्र नं ५ को प्रदेश सभा ख मा मा बाम गठबन्धन मा दिपक निरौला विजयी भएका छन ।
उनले आफ्नो निकटतम प्रतिष्पर्धी नेपाली काग्रेसका रमेश खड्कालाइ ४३३५ मतान्तरले पराजित गरेका छन । कुल २८७४० मत मध्ये बाम गठबन्धनका क निरौला ले १३८७७ मत ल्याएका थिए भने नेपाली काग्रेसका रमेश खड्काले ९ ५२४ मत ल्याएका थिए ।
६ ) काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा क मा बाम गठबन्धन का केशब स्थापित बिजयी भएका छन । उनले नेपाली कांग्रेसका न्हुच्छेमान मानन्धरलाई पराजित गरेका हुन ।केशब स्थापित ले ८ हजार २२ मत पाए भने न्हुच्छेमान मानन्धरले ५ हजार १ सय ४९ मत पाए । विवेकशील साझाकी बिमलादेवी घिमिरेले २३ सय १ मत ल्याएकी थिइन् ।
त्यस्तै क्षेत्र नं ६ को प्रदेश सभा ख मा बाम गठबन्धनका उम्मेद्धवार योगेन्द्र सङ्रग्रौला ४९२८ मतान्तरले विजयी भएका छन । उनले काँग्रेसका उम्मेद्धवार बिष्णुभक्त तिमिल्सीना लाइ पराजित गरेका छन ।बिष्णुभक्त तिमिल्सीना ७,८८५ मत ल्याएका थिए भने बाम गठबन्धनका उम्मेद्धवार योगेन्द्र सङ्रग्रौलाले १२ ,८१३ मत पाएका थिए ।
७)काठमाडौँ क्षेत्र नं ७ प्रदेश सभा क मा बाम गठबन्धन का बसन्त मानन्धर बिजयी भएका छन् उनले नेपाली काग्रेसका बिजयी बहादुर माली लाइ पराजित गरेका हुन् । बसन्त मानन्धरले ८८०० मत ल्याएका थिए भने उनका निकतम प्रतिष्पर्धी नेपाली काग्रेसका बिजय बहादुर मालीले ८७ ६६ मत प्राप्त गरेका थिए ।
त्यस्तै गरि क्षेत्र नं ७ प्रदेश सभा ख मा बाम गठबन्धन का प्रकाश श्रेष्ठ बिजयी भएका छन् उनले नेपाली कांग्रेसका धर्म राज अर्याल लाइ पराजित गरेका हुन् । प्रकाश श्रेष्ठ ले ६०२२ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिष्पर्धी नेपाली काग्रेसका धर्म राज अर्यालले ५३०२ मत प्राप्त गरेका थिए ।
८) काठमाडौँ क्षेत्र नं ८ प्रदेश सभा क मा बाम गठबन्धन बाट राजेश शाक्य बिजयी भएका छन् उनले नेपाली काग्रेसकी राज्य लक्ष्मी श्रेष्ठ लाइ १६०४ मत अन्तरले पराजित गरेका छन । राजेश शाक्यले ७७८० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काग्रेसकी राज्य लक्ष्मी श्रेष्ठ ले ६१७६ मतप्राप्त गरेकी थिइन ।
त्यस्तै गरि क्षेत्र नं ८ प्रदेश सभा ख मा बाम गठबन्धनकी अष्ट लक्ष्मी शाक्य बिजयी भएकी छिन उनले नेपाली काग्रेसका देब्रतना डंगोल लाइ पराजित गरेकी हुन उनले ५१६१ मत प्राप्त गरेकी थिइन् भने उनको निकटतम प्रतिष्पर्धी देब रत्न डंगोल ले ३६६९ मत प्राप्त गरेका थिए
९)काठमाडौँ क्षेत्र नं ९ प्रदेश सभा क मा बाम गठबन्धन का अजय क्रान्ति शाक्य बिजयी भएका छन् उनले नेपाली काग्रेसका इन्द्र मान तुलाधर लाइ पराजित गरेका हुन् उनले ९५३१ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिष्पर्धी नेपाली काग्रेसका इन्द्र मान तुलाधर ले ७१९३ मत प्राप्त गरेका थिए
क्षेत्र नं ९ प्रदेश सभा ख मा बाम गठबन्धन का केशब प्रसाद प्रोख्रेल बिजयी भएका छन् उनले नेपाली कांग्रेसका धर्म राज गौतम लाइ पराजित गरेका हुन । उनले १२१५६ मत प्राप्त गरे भने उनका निकटम प्रतिष्पर्धी नेपाली काग्रेसका धर्म राज गौतम ले ९११० मत प्राप्त गरेका थिए ।
१०) काठमाडौँ क्षेत्र नं १० प्रदेश सभा क मा नेपाली काँग्रेसका पुकार महर्जन विजयी भएका छन । उनले बाम गठबन्धनका दिलिप महर्जन लाइ पराजित गरेका हुन् उनले १४७२९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिषपर्धी दिलिप महर्जनले १३७१७ मत प्राप्त गरेका थिए।
त्यस्तै गरि क्षेत्र नं १० प्रदेश सभा ख मा बाम गठबन्धनकी रमा आलेमगर बिजयी भएकी छिन ।उनले नेपाली काग्रेसका धर्मानन्द श्रेष्ठलाई पराजित गरेकी छिन। उनले ९९०३मत प्राप्त गरेकी थिइन् भने उनका निकटम प्रतिष्पर्धी नेपाली काग्रेसका धर्मानन्द श्रेष्ठले ७०१७ मत प्राप्त गरेका थिए ।