कार्यक्रममा सहभागिता नजनाएको समाचार प्रति काठमाडौं ४ बाम गठवन्धनको आपत्ति
कपन अनलाइन
काठमाडौ,मंगसिर १४
काठमाडौं क्षेत्र नं ४ बाम गठवन्धन निर्वाचन परिचालन कमिटीले विभिन्न संचार माध्यममा प्रकासित गठबन्धनका साझा उम्मेदवार डा. राजन भट्टराई को अन्तरक्रिया कार्यक्रममा अनुपस्थिति सम्बन्धि समाचार प्रति ध्यानकर्षण भएको जनाएको छ ।
परिचालन कमिटिका संयोजक धर्म दत्त देवकोटाले बिज्ञप्ति जारि गर्दै कारखाना नामक कम्पनीले आयोजना गरेको भनिएको अन्तरक्रिया कार्यक्रमको कुनै औपचारिक जानकारी नपाएको बताएका छन ।
सो बिज्ञप्तिमा निर्धारित कार्यक्रम नभएको अवस्थामा आफ्ना उम्मेदवारको वारेमा प्रकासित समाचार राजनीतिक उदेश्यले प्रेरित भएको भन्दै आपत्ति प्रकट गरिएको छ।निर्वाचन निकटमा रहेको समयमा आफ्ना उम्मेदवारको व्यक्तित्व माथि असर गर्ने कार्य प्रति बिज्ञप्तिमा घोर आपत्ति प्रकट गर्दै भ्रममा नपर्न जनसमुदायमा अनुरोध समेत गरिएको छ।
तपाइँको प्रतिक्रिया ।