मत माग्न सार्वजनिक यातायातको प्रयोग गर्दै सुबुना बस्नेत
कपन अनलाइन
काठमाडौ,मंगसिर १४ ।
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुबुना बस्नेतको चुनावी अभियान द्रुत गतिमा चलिरहेको छ। मंगलबार १२ मङ्सिरमा उनि भंगाल, नमुना मार्ग आसपासको क्षेत्रमा घरदैलो कार्यक्रम गरेर सार्वजनिक यातायातमा आम नागरिक सरह चुनावी कार्यालय जयबागेश्वोरीमा पुगेकी थिइन् । भङ्गगालको बसपार्कबाट गाडी चढेर फर्किदै गर्दा संयुक्त यातायातमा सवार यात्रुहरुसग अन्तरक्रिया गर्दै फर्किएका बस्नेत मित्रपार्कमा झरेर सम्पर्क कार्यालयसम्म पैदल फर्किएकी हुन् ।
उहाँले स्थानीयबासिको घरमा, चिया पसलहरुमा तथा चोक चोकमा गएर जनताको आकांक्षा र गुनासो सुनेकी थिइन् | स्थानीयवासीले अव सक्षम युवा राजनीतिमा आउनुपर्ने र देशको नेत्रित्व लिनुपर्ने बताएकी छन | उक्त भेटघाट तथा घरदैलो कार्यक्रममा मतदाताहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । काठमाडौँ क्षेत्र न. ४ को प्रायः सबै ठाउहरुमा घरदैलो कार्यक्रम भैसकेको छ र बाकि ठाउँमा पनि हुने क्रम जारि छ।