पशुपती मन्दिर क्षेत्रमा आगलागी, विकाश कोष मौन
कपन अनलाइन
काठमाडौ,मंगसिर १४ /पारस सापकोटा
गत शुक्रबार राती पशुपति मन्दिर क्षेत्रको पुजा सामग्री पसलमा भएको आगलागीको कारण ३ वटा पसल जलेर नस्ट भएका छन् ।
पशुपती विकाश कोष अगाडी रहेको ३ वटा पुजा सामग्री पसलमा राति ११:३० बजे आगलागी भएको थियो . तिन पुस्तादेखि गर्दै आएको उक्त व्यबसायको सम्पूर्ण समान र आफ्नो १० वर्षको कमाई नस्ट भएको कुरा पिडीत व्यबसायी हरी बहादुर बस्नेतले जनाए . ३ वटै पसलको मालिक भएका उनको १२ देखि १५ लाख को क्षती भएको छ ।
आगलागीको मुख्य कारण पत्ता लागेको छैन । तर आपसी रिसीइबीका कारण अरु व्यबसायीलेनै आगो लगाईदिएको आशंका पिडितले गरेका छन् ।
आफ्नै परिसरमा भएको आगलागीमा पनि पशुपती विकाश कोष भने मौन छ। कोषले हरेक महिना त्यस छेत्रको भाडा उठाउने गरेको तर उनीहरुको समस्यालाई भने बेवास्ता गरेको कुरा पिडीत बस्नेतले बताए ।
उक्त क्षेत्रमा भएको आगलागीको घटना नयाँ होइन ,बर्षेनी ३/४ पटक एस्तो घटना भइरहने जानकारी त्यहाँका स्थानिय व्यबसायीले जनाए .
घटनाको पूर्ण विवरण र आगलागीको कारण भने अझैसम्म खुलिसकेको छैन ।
(सापकोटा कपन अनलाइनका प्रशिक्षार्थी पत्रकारएबम लुम्बिनी कलेजका पत्रकारिताका विद्यार्थी हुन् )