काठमाडौं क्षेत्र नं ४ मा करिव ५० जना नेकपा माओवादी केन्द्रमा प्रवेस गरे
कपन अनलाइन
काठमाडौ,मंगसिर १३ ।
काठमाडौं क्षेत्र नं ४ मा विभिन्न पार्टी परित्याग गरि करिव ५० जना नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० हिलिम पार्टी प्यालेसमा भएको पार्टी प्रवेस कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा काठमाडौं क्षेत्र नं ४ बाम गठवन्धनका निर्वाचन परिचालन कमिटिका संयोजक धर्मदत्त देवकोटा रहेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका तर्फ बाट समानुपातिक उम्मेदवार अमर विक , नेकपा माओवादी बुढानिलकण्ठका अध्यक्ष रविन अधिकारी ,सुवाष राई लगायतको उपस्थिति रहेकोकार्यक्रमको अध्यक्षता ठाकुर प्रसाद खकुरेलले गरेका थिए ।
रविन अधिकारीको संयोजन रोशन गाउलेको पहलकदमी र लिम्बुवान रास्ट्रिय मुक्ति मोर्चाका काठमाडौं संयोजक सोमराज लिम्बुको सक्रियतामा अमर लिम्बुको नेतृत्वमा नव प्रवेसीहरु माओवादी केन्द्रमा प्रवेस गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि देवकोटाले नव प्रवेसीहरुलाई स्वागत गर्दै निर्वाचन अभियानमा सक्रिय बन्न आग्रह गरेका थिए ।कार्यक्रमका अध्यक्ष ठाकुर प्रसाद खकुरेलले नया प्रवेस गर्ने सबैले मंगसिर २१ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा बाम गठ बन्धनलाई जिताउन लाग्नु पर्ने बताएका थिए ।
फोटो सौजन्य :भाइ नारायण श्रेष्ठ