ओखलढुंगाको बलखु मतदान केन्द्रमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

ओखलढुंगाको बलखु मतदान केन्द्रमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

कपन अनलाइन 

काठमाडौ,मंगसिर १३।

पहिलो चरण अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका २ बलखुस्थित आरुभञ्ज्याङ निमाविमा भएको मतदान केन्द्र कब्जा र बञ्चरो प्रहारको घटनाका बिषयमा छानविन गर्न वाम गठबन्धनले माग गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले मतदान केन्द्र वरिपरि कब्जा गरेर मतदाता आवतजावत गर्न नदिइ एकलौटि ढंगबाट मतदान गराएकाले पुनः मतदान गराउन माग गरेको जनाएको छ ।

वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक एवं प्रदेस क्षेत्र नं  २  का उम्मेदवार मोहन खड्काले विज्ञप्ती जारी गर्दै बलखु लगायत सुनकोशीको वडा नं. ४ र ५,  तथा मोलुंग ४ मा कुलबहादुर खत्रीको घरमा भएको प्रहरी हस्तक्षेपको छानविन गरि कारवाही गर्न माग गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।