नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को घर दैलोमा हामी पुग्दा

कपन अनलाइन 

काठमाडौं,मंसिर १३ ।

देशभर निर्वाचनको मिति नजिकदै गर्दा जताततै आहिले  निर्वाचनको चर्चा सुरु भएको छ ।चाहे चिया पसलमा हो या समान्य जमघट हुने स्थानमा अहिले चुनावकै चर्चा चल्न थालेको छ भने उमेम्द्वार हरु पनि चुनाबी प्रचारमा जुटिरहेको छन। घर दैलो अभियानमा सक्रिय रहेका छन ।

एक चरणको निर्वाचन सकिए पनि दोस्रो चरणको मंगसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चुनाबी नतिजा आफ्नो पोल्टामा पार्न र आफ्ना पक्षमा मतदान गराउनको लागि सबै उम्मेदवारहरु जनता भेट घाटमा ब्यस्त भइरहेका देखिन्छन । यसै क्रममा काठमाडौँ निर्वाचन क्षेत्रमा पनि अहिले सबै दलका उम्मेदवारहरु मतदाता रिझाउन र चुनाबी नतिजा आफ्नो पोल्टामा पार्न  स्थानीय जनताहरु संग भेट घाट गर्न सक्रिय रहेका छन ।

आज बिहान मंगसिर १३ गते  कपन अनलाइनको स्थलगत रिपोर्टिगको क्रममा नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ३  का लागि प्रतिनिधि सभा उम्मेदवार अम्बिका बस्नेत सहित काठमाडौँ क्षेत्र नं ३ प्रदेश सभा (१ ) का उमेद्वार छिरिंग दोर्जे लामा लगायत समानुपातिक उम्मेदवार गोबिन्द पुडासैनी लगायतले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध  आसपासको क्षेत्रमा  घरदैलो गर्दै गरेको अवस्थामा भेटिए ।

उक्त घरदैलो  काठमाडौँ महानगरपालिका वडा नं ६ स्तिथ बौद्धनाथ बाट सुरु भएको थियो सो घरदैलो बौद्धनाथ स्तुपा , फुलबारी ,रामहिटी ,गौरी घाट ,पाटिटार क्षेत्र हुदै नयाँ बस्ति आसपासमा भएको थियो ।

घर दैलोको क्रममा बस्नेतले नेपालको आर्थिक समृदिका लागि स्वरोजगार र उत्पादनका लागि लोकतान्त्रिक गठ  बन्धनले जित्नु पर्ने भन्दै मत मागिरहेकी थिइन् ।

त्यसतै प्रदेस क्षेत्र १ का उम्मेदवार छिरिंग दोर्जे लामाले युवाहरुको बृति विकास र क्षेत्रको सांस्कृतिक ,भौतिक र सामाजिक विकासको लागि भन्दै मत मागिरहेका थीए । उनले फहर दैलोमा बौद्ध नाथको प्रवर्धन देखि बागमती सभ्यताको सम्वर्धन सम्मका योजना पनि मतदातालाई सुनाएका थिए । कोख देखि शोक सम्म जनताको साथ दिने पार्टी नेपाली कांग्रेस भएको भन्दै लामाले मतदाता फकाएका थिए ।

घरदैलोमा उम्मेदवार सहित गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, पूर्व क्षेत्रीय सभापति परशुराम पोख्रेल , काम पा ६ बौद्धका नेपाली कांग्रेस प्रचार प्रसार संयोजक भुवन लामा,  वडा नाम ६ का वडा अध्यक्ष दिपेन्द्र लामा , हरिबोल भण्डारी  कुमार राज सुबेदी , गायत्री पुडासैनी ,सरोज बस्नेत लगायत हजारौको संख्यामा नेपाली कांग्रेसका कार्यकर्ता एबम स्थानीयको सहभगिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।