काठमाडौं क्षेत्र नं ३ र ४ का ४५ जना नया शक्ति पार्टी नेपाल प्रवेस गरे
कपन अनलाइ
काठमाडौँ,मंगसिर १३ ।
काठमाडौँ महानगरपालिका वडा नं ७ मा रहेको गोल्डेन लाइट पार्टी प्यालेसमा आज दिउसो नयां शक्ति पार्टी नेपालले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ चुनाबी अन्तरक्रिया एबम पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको आयोजना नयाँ शक्ति निर्वाचन परिचालन कमिटि निर्वाचन क्षेत्र नाम ३ र ४ काठमाडौँले गरेको थियो उक्त कार्यक्रमको सभाध्यक्षता मान बहादुर लामाले गरेका थिए ।सो कार्यक्रमको प्रमुख अतिथि नयाँ शक्ति पार्टी नेपालका संयोजक एबम पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराई रहेका थिए ।
कार्यक्रममा नया शक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्यहरु पार्टीका केंदिर्य कार्यकारी सदस्यहरु ,काठमाडौँ जिल्ला सचिवालय सदस्यहरु जिल्ला सदस्यहरु ,निर्वाचन क्षेत्र नं १,२, ३ र ४ का प्रत्यक्ष प्रतिनिधि सभाका उम्मेदवारहरु प्रदेश सभाका उम्मेद्वारहर, समाबेशी समानुपातिक उम्मेद्वारहरु लगायत स्थानीय र नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ता , बुद्दिजीवी, पत्रकारहरुको उपस्तिथी रहेको थियो ।कार्यक्रममा मलम लामाले स्वागत मन्तब्य राखेका थिए ।
सो कार्यक्रमा प्रतिनिधि सभा का उम्मेदवार र प्रदेश सभाका उम्मेदवार हरुले आफ्नो परिचय संगै आफना बिचार र भनाइ राखेका थिए ।
उक्त कार्यक्रममा विभिन्न पार्टीहरु आवद्द भएका ब्यक्तिहरु करिब ४५ जना नयाँ शक्ति पार्टी नेपालमा पार्टी प्रवेश गरेका थिए ।पार्टी प्रवेश गर्ने हरुमा मनमोहन अधिकारि ,बिकास राइ ,अमृत गुरुङ छिरिंग शेर्पा ,राजु राइ ,दुर्गा राइ ,लक्ष्मी अधिकारि ,गणेश अधिकारि ,बिमला अधिकारि ,रेनुका माझि लगयत ४५ जनाले नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए ।नव प्रवेशीहरुलाई नयाँ शक्ति नेपाल पार्टीका संयोजक एबम पूर्व प्रधान मन्त्रि बाबु राम भट्टराई ले अबिर टिका र खादा लागे पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि नयाँ शक्ति पार्टी नेपालका संयोजक एबम पूर्व प्रधान मन्त्रि बाबुराम भट्टराईले पार्टीमा प्रवेश गरेकालाई स्वागत गर्दै नया शक्ति पार्टीलाइ राष्ट्रिय पार्टी बनाउन अब कसैले रोक्न नसक्ने बताएका थिए उनले नया शक्ति पार्टी नेपाल संग मात्रै बिकाशको आर्थिक सम्वृद्धिको खाका भएको र आफु अर्थ मन्त्रि हुदा आफुले आर्थिक विकास गरेको बताएका थिए । उनले अन्य दल संग विकास र आर्थिक सम्वृद्धिको ठोस योजना नभएको बताएका थिए । उनले नया शक्ति पार्टी नेपाल नेपाली काग्रेस संग चुनाबी तालमेल मात्र गरेको कुनै गठबन्धन नगरेको कुरा प्रस्ट पारेका थिए । उनले नया शक्ति पार्टी नेपालका कार्यकर्ता मुर्झाउनु पर्ने बताउदै चुनाबी अभियानलाई अझ सशक्त ढंग बाट लाग्न उत्प्रेरित गरेका थिए ।कार्यक्रम संचालन नयाँ शक्ति पार्टी नेपालका काठमाडौँ निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा उम्मेदवार टि.आर शिवाकोटीले गरेका थिए ।