हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने छ :ईश्वर पोखरेल

हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने छ :ईश्वर पोखरेल

कपन अनलाइन 

काठमाडौ,मंगसिर १३

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन  ।
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले आज हाँडीगाउँ र भाटभटेनीको घरदैलो कार्यक्रममा उनले लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने तथा टोखालाई ऐतिहासिक र साँस्कृतिक नगरीका रूपमा विकास गरिने बताए  ।
भग्नावशेषमा परिणतमा भएको पञ्चधाराको पुनःनिर्माण गरिने पनि उनले बताएका थिए  । घरदैलोमा प्रदेशसभा (क) का उम्मेदवार नारायण सिलवाललगायत सहभागी थिए  ।

तपाइँको प्रतिक्रिया ।