जुगल मावि निरन्तर प्रगतिमा
कपन अनलाइननेपाली शैक्षिक जगतमा धेरै पैसा तिरे मात्र राम्रो पढाई पाइन्छ भन्ने धारण रहने गरेको छ । मानिसहरु सँधै मंहगो विद्यालयमा आफ्ना बच्चाहरु पढाउन लालयित हुने गर्छन् । यो परिपाटीबाट कपन पनि अछुतो छैन । यहाँका अधिकांश विद्यार्थी कपनभन्दा बाहिरका मंहगा विद्यालयहरुमा पढ्न जान्छन् । यद्यपि कपनभित्र पनि करिब ३० को हाराहारीमा निजि तथा सामुदायिक विद्यालयहरु रहेका छन् । सामुदायिक विद्यालयहरुको नतिजा त्यति संतोषजन नभए पनि निजि स्कूलहरुले राम्रो नतिजा ल्याइरहेको उनीहरुले देखाउने तथ्यांकले बताउने गर्दछ ।
कपनमा लगातार राम्रो नतिजा ल्याइरहेको विद्यालयहरुमा जुगल माविको यसपाला एसएलसिको नतिजा कपनमा नै सर्वाेत्कृष्टमध्ये एक रह्यो । पछिल्ला केही वर्षदेखि नियमित राम्रो विद्यालय भनेर चिनिन थालेको यो विद्यालयले यसपाला एसएलसिमा शतप्रतिशत उत्तीर्णमात्र हैन उत्तीर्णमात्र हैन सर्वाेत्कृष्ट उत्तीर्णमा पनि कपनमा भएका ठूला विद्यालयलाई दह्रो चुनौति दियो ।
असार १४ गते शुक्रबार जुगल माविले एसएलसि उत्तीर्ण भएर उच्च शिक्षाका ढोका खोलेका विद्यार्थीहरुको सम्मान विशेष कार्यक्रमको आयोजना गर्यो । प्रा.डा. विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापनले आगामी दिनमा जुगल माविलाई अझै सफल बनाउन आफूहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे । स्कूल व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद आचार्य तथा प्रिन्सिपल रामानन्द चौधरीले कपनमा तथा यस भेककै नमूना विद्यालयको रुपमा जुगल माविलाई स्थापित गर्ने जनाएका थिए ।