कपन प्रहरी प्रभागमा फोनको लाइन छैनः फोन काटिएको छ

Police_Officer_20120825092924[1]

कपन अनलाईन करौडौको बजेट लाखौंको जनशक्ति भएको प्रहरी प्रशासनले आम जनताको सुरक्षाको प्रमुख दायित्व लिने गर्दछ र सोही अनुरुपको सेवा प्रदान गर्नु पर्दछ  । तर २४ सै घण्टा सर्तक हुनुपर्ने संस्थामा फोन सेट हुने तर फोन को लाईन नहुने भयो भने त्यस क्षेत्रको सुरक्षा अवस्था कस्तो हुन्छ होला ?

DSC_0648
डि.एस.पि. मनोजकुमार के.सी.

हो, कपन प्रहरी प्रभागमा फोनको लाइन काटिएको छ । कपनको जनसंख्याको आधारमा हेर्ने हो भने कपनको प्रहरी कार्यालय प्रभाग हैन बृत्त बन्न पर्ने अवस्थामा  पनि लाजमर्दो कुरा निरिक्षकको दरबन्दी पनि छैन यहाँ । यसरी सबै सुविधा सम्पन्न प्रहरी चौकी हुनुपर्ने कपन गा.वि.सको प्रभागमा फोनसमेत   सञ्चालनमा छैन ।  यसको जवाफदेहिता को संग भन्ने समेत उत्तर यतिखेर छैन ।

यस विषयमा कपन अनलाइनले महानगरीय प्रहरी बृत्तका बौद्धका प्रमुख  डि.एस.पी मनोज कुमार के.सी लाई प्रश्न गर्दा उनले भने ‘यो महत्वपूर्ण विषय हो यसलाई हामीले गम्भिर रुपमा लिएका छौ र सम्बन्धित नियकायमा पत्रचार पनि गरेका छौ ।’ केसीले अगाडि भने नियमित बजेटले यो सुविधा धान्न नसकिने भएकाले प्रहरीले यस विषयमा पत्रचार गरेको हो ।  यो समस्या चाडै नै समाधान हुनेछ संगसंगै यो फोन लाईन उपलब्ध हुन नसकेको र नभएको ठाँउमा हामीले कार्यलय प्रयोजनका लागि एउटा फोन सेवा भने दिएको कुरा उनले बताए ।

४०,००० को हाराहारीमा जनसंख्या भएको हालको कपन गा.वि.स मा टेलिफोन सुविधा नभएको चाहि होइन । टेलिफोनको लाइन काटेको मात्र हो । मासिक बिल कपन प्रभागले तिर्न नसकेको हो ।   ७ जनाको दरबन्दीमा २८ जना प्रहरी कार्यरत कपन गा.वि.समा टेलिफोन सेवाबिना  के सामान्य जनता सुरक्षित होलान् ?  प्रश्न गम्भिर रहेकै अवस्थामा पनि कपन प्रहरी प्रभागका प्रहरी साहयक निरिक्षक शरद भट्टराई हालको कपन प्रहरी प्रभागको टिमले चाँहि कम स्रोत तथा साधान र कार्यलयको अत्यावश्यक सरसमाग्री विना पनि सुरक्षा स्थितिलाई भने मजबुत रहेको दाबी गर्छन ।

तपाइँको प्रतिक्रिया ।