राहत शिक्षक दक्षिण पश्चिम भेगिय समिती गठन

कपन अनलाइन

काठमाडौं,कार्तिक १८ ।

नेपाल राहत शिक्षक समिती अन्तर्गत काठमाण्डौ जिल्लाको दक्षिण पश्चिम भेगिय समिती आज जनपथ माबी कलन्किमा सम्पन्न भयो । उत्तर पुर्वी भेगिय समितिका अध्यक्ष शन्करराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलाले किरण नेपालिलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

त्यसतै उपाध्यक्षमा तारा न्यौपाने, सचिवमा राजन सेढाई, सहसचिबमा सुधा बुढाथोकी त्यसैगरी कोषाध्यक्षमा बद्रीका न्यौपाने सदस्यहरु सृजना पाण्डे, सुर्य भुषाल, देवकी केसि, बबिता कर्की चयन भएका छन  ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राहत शिक्षक केन्दृय सम्योजक खेमराज अधिकारिले अब काठमाण्डौका राहत शिक्षक तातेको बताउदै अब स्थायी शिक्षक र राहत शिक्षक बिचमा रहेको असमानता हटाउन अब राहत शिक्षक उठेको बताउदै अब निर्णायक आन्दोलनको लागी तयार रहेको बताएका थिए ।

त्यसैगरी केन्दृय उपाध्यक्ष खगेन्द्र पौडेलले अहिले सम्म राहत शिक्षकले आन्दोलनकै बलमा २३% खारेजी, महङ्गी भत्ता, पोशाक भत्ता, बिदा प्रमाणिकरण लगायतका उपलब्धिहरु हासिल गरेको बताउदै अब स्थायित्वको लडाईलाई अन्तिम निष्कर्शमा पुर्‍याईने बताए  ।

अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला सचिब नानिराम सापकोटाले पनि राहत शिक्षक आन्दोलनको विषयमा चर्चा गर्दै सङ्गठनको तर्फ बाट राहत शिक्षक आन्दोलनमा पुर्ण साथ समर्थन रहने कुरा बताउए  । कार्यक्रमका सभाती समेत रहेका उत्तर पुर्वी भेगिय समिति अध्यक्ष शन्करराज न्यौपानेले राहत शिक्षकहरुको साङ्गठानिक संरचनाको बारेमा बिचार ब्यक्त गरेका थिए ।

कार्यक्रमको संयोजन उपत्यका समन्वय समितिका सम्योजक डम्बर राईले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।