काठमाडौ क्षेत्र नं ४ मा बाम गठवन्धनको युवा भेला सम्पन्न

काठमाडौ क्षेत्र नं ४ मा बाम गठवन्धनको युवा भेला सम्पन्न

कपन अनलाइन 

काठमाडौ,कार्तिक १८ ।

काठमाडौं क्षेत्र नं ४ मा युवा संघ नेपाल र वाई सी एल नेपालको संयुक्त भेला सम्पन्न भएको छ ।सो भेलाले आसन्न निर्वाचनमा परिचालन गर्नका लागि निर्वाचन परिचालन कमिटि पनि घोषणा गरेको छ।

नेकपा माओवादी केन्द्र का पोलिट ब्युरो सदस्य धर्मदत्त देवकोटाको प्रमुख आथित्यतामा भएको सो भेलामा काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा उमेद्वार डा. राजन भट्टराई ,प्रदेस क्षेत्र नं १ का उम्मेदवार निर्मल कुइकेल,प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्की ,युवा संघ नेपालका केन्द्रिय महासचिव किरण पौडेल ,बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल , सुन्दर पुर्कुटी ,निर्मल देउला ,विदुर विक्रम खड्का लगायतका अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै डा. राजन भट्टराईले युवाहरुले नै रास्ट्र निर्माण गर्ने अभिभारा पुरा गर्ने बताउदै आफु पनि नेपालका ति सबै युवाहरुको प्रतिनिधि रहेको बताएका थिए ।उनले यस क्षेत्रमा देखिने किसिमको काम कुनै नभएको बताउदै आफुले विजयी प्राप्त गरे यस क्षेत्रमा विकास र सकारात्मक परिवर्तनको आभास निकै छोटो समयमा दिने बताए ।

उनले १ महिना २ महिनामा यसो गर्छु भनेर झुटो आस्वासन नदिने तर जनता संग गरेका सबै बाचा पुरा गर्ने बताउदै ति बाचाको सारथी यस क्षेत्रमा निर्वाचित जनप्रतिनिधि बन्ने बताए ।

काठमाडौं क्षेत्र नं ४ प्रदेस २ का उम्मेदवार कुसुम कुमार कार्कीले आफु जनप्रतिनिधि हुदा युवा रहेको र अझै पनि त्यो उर्जा रहेको बताउदै युवाहरुको भूमिका र योगदान नभै कुनै पनि ठाउको विकास हुन् नसक्ने बताए ।

कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल काठमाडौं ४ का अध्यक्ष अजय सुब्बाले गरेका थिए भने स्वागत मन्तव दिलिप थिंग र संचालन उद्दव प्रसाद चौलागाईले गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।