नेपालको इतिहासमा नयाँ रेकड :एक सय ६९ न्यायाधीशले आज लिए एकसाथ शपथ
कपन अनलाइन काठमाडौं, २ असार/ पुनरावेदन तथा जिल्ला अदालतका नवनियुक्त एक सय ६९ न्यायाधीशले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
सर्वोच्च अदालत परिसरमा रहेको न्यायपरिषद् भवनमा उनीहरूलाई कायममुकायम प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष दामोदर प्रसाद शर्माले शपथ खुवाउनुभएको हो । नेपालको न्यायिक इतिहासमा नै एकैचोटि यतिधेरै न्यायधीश नियुक्त भएपछि पालो गरेर न्यायधीशको सपथ गराइएको थियो ।
पहिला पुनरावेदन अदालतका न्यायधीशलाई शपथ गराइएको थियो भने लगत्तै जिल्ला न्यायधीशलाई शपथ खुवाइएको थियो । शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायधीश दामोदरप्रसाद शर्मा, कानुनमन्त्री हरिप्रसाद न्यौपानेलगायत न्यायपरिषद् सदस्य र न्यायधीशहरू उपस्थित थिए ।
न्यायपरिषद् गत जेठ २६ गते पुनरावेदन अदालतमा ८० तथा जिल्ला अदालतमा ८९ जना न्यायाधीश नियुक्त गरेको थियो । पुनरावेदनमा ४७ न्यायाधीश स्थायी नियुक्ति भएका छन् भने बाँकी ३३ जना अतिरिक्त समूहमा रहेका छन् ।
यसैबीच नवनियुक्त न्यायाधीशलाई तालिम दिइने भएको छ । उनीहरूलाई तीन दिने अभिमुखीकरण तालिम दिन लागिएको हो । अधिवक्ता तथा न्यायसेवाका कर्मचारीहरूलाई तालिम दिएर कार्यक्षेत्र पठाउने तयारी भएको छ ।