देशभर केभयो बन्दमा

 कपन अनलाइन  असार २ गते /  नेपाल सरकारले आगामी मंसिर ४ गते संविधान सभाको निर्वाचन घोषणा गरेको बिरोधमा नेकपा–माओबादी पार्टी लगायतका गठबन्धन दलहरुले आव्हान गरेको देश भर बाट प्राप्त रिपोट

उच्चस्तरीय समितिको बैठक स्थगित

फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले समितिको नेतृत्व सम्हालेपछि आज  बोलाइएको पहिलो वैठक बन्दका कारण स्थगित गरिएको छ । गच्छदारले हिजोदेखि समितिको संयोजकको जिम्मेवारी पाएका थिए ।
सरकारले घोषणा गरेको निर्वाचन र असन्तुष्ट दलहरुको आन्दोलनका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे बैठक बोलाइएको थियो । समितिका संयोजक गच्छदारले बन्दकर्ताको भावनालाई पनि मध्यनजर गरेर बैठक स्थगित गरिएको जानकारी दिए छ ।

काठमाडौँ मा संचारकर्मीको मोटरसाइकल तोडफोड

बन्दको समयमा मोटरसाइकल चलाएको भन्दै कारोवार दैनिकका  सञ्चारकर्मी समिर रेग्मीको मोटरसाइकलमा आक्रमण गरेका छन  । आफ्नो निवास थानकोटबाट कार्यालयतर्फ आउँदै गर्दा काठमाडौंको कलंकी चोकमा बन्दकर्ताले उनीमाथि आक्रमण गरेका थिए । आन्दोलनकारीले पत्रकार रेग्मीमाथि दुव्र्यबहार गर्दै उनी सवार बा २० प ७६३२ नम्बरको मोटरसाइकलको अगाडीको भाइजर, लुकिङ ग्लास लगायत तोडफोड गरेका हुन । आफू सञ्चरकर्मी भएको भनेर भन्दाभन्दै पनि आक्रमण गरेका उनले बताए । घटनाको नेपाल पत्रकार महासंघ कारोवार दैनिक शाखाले भत्सना गरेको छ

आज कपन शान्त

नेकपा–माओबादी पार्टी को धेर थोर प्रभाव भएको  मानिनेयेपनी   कपनमा भने आज बन्दको प्रभाव निउन परेको थियो । बिहान वर्षाले गर्दा  प्रदर्सन नगरेको नेकपा–माओबादी ले  दिउसो कुनैपनि विरोध प्रदर्सन गरेन। कपन  हुदै चल्ने सार्वजनिक सवारीसाधन भने बेलुकी ५ बजे सम्म ठप्प प्राय थिए तर निजि सवारीसाधन मोटरसाइकल हरु भने चलेको देखिनथ्यो । कपनमा बितिय कारोवार गर्ने   नेपाल बंगलादेश बैंक,  एच एण्ड बि  डिभलपमेन्ट  बैंक भने बन्द थिए।  त्येस्तै  कपनका अन्य बितिय कारोवार गर्ने सहकारी संस्था  हरुले भने आफ्ना सेवाहरु दिइ रहेका देखिन्थे । कपनको स्थानीय बजार मिलन चोक , तेन्जेन चोक , फैका चोक दिनभर निर्वाद रुमा खुला रहेको थियो ।

images
दाङमा बन्दकर्ताले सवारी साधन र विद्यालयमा तोडफोड गरेका छन् ।

काभ्रेमा प्रेसकै गाडीमाथि ढुंगा प्रहार
बन्दका क्रममा विहानै काभ्रेको बनेपा स्थित चाँदनी चोकमा बन्दकर्ताहरुले राजधानी दैनिकको गाडीमाथि ढुंगा मुढा प्रहार गरेका छन् ।

त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बनेपाको गौतम मिठाई पसल र बा १८ प ९७९० नम्बरको मोटरसाइकलमा तोफडफोड गरेका छन् ।

दाङ : बन्दको क्रममा आज ०४:४५ बजे बन्दकर्ताहरुले घोराही नगरपालिका–११ कटुवा खोला नजिक लु.१ ख ३२३८ नम्वरको बसको २ वटा सिसा, ना.४ ख ८२७३ नम्वरको मालबाहक ट्रकको अगाडीको सिसा र रा.१ त ११९८ नम्वरको ट्याक्टरको हेड लाईट फुटाई क्षती पुयाएका छन् ।
गोरखा : बन्दकर्ताहरुले आज ०५:०० बजे खोलखाले–३ मा बा.५ च ८२३८ नम्वरको कारको पछाडी ढुंगा प्रहार गरी सिसा फुटाएर क्षती पुयाएका छन् ।
 झापा : नम्बर खुल्न नसकेको मोटरसाइकलमा आएका २ जना बन्दकर्ताहरुले आज ०८:०० बजे चन्द्रगढी–५ स्थित जिल्ला अदालत अगाडी मे.१ च १०१५ नम्वरको मारुती भ्यानलाई ढुंगा प्रहार गरी पछाडीको सिसा फुटाएर क्षती पुयाएका छन् ।
 कैलाली : बन्दकर्ताहरुले आज १२:५५ बजे गेटा–३ स्थित सडकमा ढुंगा लोडगरी बिग्रिएर राखेको से.१ ख ३६४ नम्वरको ट्रकमा ढुंगा प्रहार गरी अगाडीको सिसा फुटाएर क्षती पु¥याएका छन् । बन्दकर्ताहरुले सोही स्थानमा रहेको अवस्थी मिलको प्लाष्टिकको कुर्सी २ थान, टेबुल १, टेबुलको सिसा, टेलिफोन १ र ढोकाको सिसा तोडफोड गरी क्षती पुयाएका छन् ।
 मकवानपुर : बन्दकर्ताहरुले आज ०७:२० बजे हेटौडा नगरपालिका–१० स्थित नगरपालिकाको ढाड छेउमा ना.४ ख ४६०४ नम्वरको ट्रकको अगाडीको सिसा फुडाई क्षती बनाएका छन ।

तपाइँको प्रतिक्रिया ।