छुवाछुत तथा भेदभावमुक्त कपन अभियान सुरु

कपन ,काठमाडौं, १ असार/पर्यटकीय क्षेत्र कपन वासीको आव्हान, जातीय छुवाछुतमुक्त राष्ट्रिय अभियान भन्ने मुलनाराका साथ आज कपन गा.वि.स स्थित वालउद्धार उच्च मा.वि.मा नेपाल दलित तथा गैर दलित उत्थान संस्था र कपन द103_2103लित उत्थान संस्था ले संयुक्त रुपमा एक अन्तक्रिया कार्यक्रम सम्पन्न आयोजना गर्यो ।

स्थानिय स्तरको पहिलो सुरुवाती अभियान जातिय छुवाछुत तथा भेदभावदमुक्त कपन विषय दिइएको उक्त कार्यक्रममा कपन सक्रिय राजनैतिक दलका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए   । धारणा राख्नेहरुमा ने.का.सभापती विनोद चालिसे , नेकपा एमालेका उपाध्यक्ष नवराज भट्टराई ए.नेकपा माओवादीका सञ्जय अर्याल तथा सुवास राई नेकपा माक्सवादीबाट जितमान गुरुङ्ग र कपन स्वास्थ चौकी का कामदेव आर्चाय लगाएतका थिए । सो कार्यक्रममा प्रमुख अतिथि गा.वि.स का  प्रतिनिधी श्याम अधिकारी ले दलित तथा गैर दलित सामुहिक रुपमा अघि बढेर काम गर्नु पर्ने बताएका थिए ।

कार्यक्रम दिउसो १२ बजे देखी २ सम्म चलेको थियो । महेन्द्र सुनारको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न समाजिक संघ–संस्थाका प्रतिनिधी,विभिन्न विद्यालयका प्रधानअध्यापक लगाएतको उपस्थिती रहेको थियो । 103_2104

तपाइँको प्रतिक्रिया ।