क्रितिपुरमा प्रहरी माथि रड प्राहर, एक पक्राउ २फरार

काठमाडौ, असार १ गते
किर्तिपुर नगरपालिका­२ मैत्रीनगरबाट प्रहरीले २२ बर्षीय बिशाल गुरुङलाई प्रहरी माथी रड प्रहरा गरेको अभियोगमा प्रहरीले मोटरसाइकल र रड सहित नियन्त्रणमा लिएको छ ।
जेठ ३१ गते बेलुकी  ८:३० बजे उक्त स्थानमा सि.आर.भि.पोष्ट नजिकै केटाहरुले रड लिई आएको भत्रे जानकारी प्राप्त भएको र  उक्त पोष्टबाट प्र.ज.धर्मराज पन्थी र प्र.ज.गंगाराम मल्ल हेर्न गई फर्कने क्रममा बा ४४ प ९५५९ नंबरको मोटसाइकलमा आएका ३ जना ब्यक्तिहरुले प्र.ज.गंगाराम मल्ललाई टाउकोमा रड प्रहार गरी भाग्न लाग्दा मोटरसाइकल नियन्त्रण लिने क्रममा प्र.ज.धर्मराज पन्थीलाई समेत टाउकोमा रड प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ , घाइते प्रहरीको  उपचारको लागी शहिद मेमोरियल अस्पताल कलंकी हुँदै बिर अस्पताल लगेकोमा थप उपचारार्थ नेपाल प्रहरी अस्पताल महाराजगंज लगिएको बताइएको छ ।
महानगरीय प्रहरी प्रभाग किर्तिपुरबाट खटिएको प्रहरीले  गुरुङलाई पक्राउ गर्नुको साथै फरार अभियुक्तहरुको खोजतलास गरिरहेको बतायो   ।

तपाइँको प्रतिक्रिया ।