बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का साहित्यकारहरुको निवासमा छुट्टै “नेम प्लेट ”
कपन अनलाइन
काठमाडौ,कार्तिक २।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का साहित्यकारहरुको निवासमा आज लक्ष्मी जयन्तीको अवसरमा “नेम प्लेट ” राखिएको छ ।कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाको पहलमा नेपालमा पहिलो पटक यो नविन कार्य शुरु गरिएको छ ।
पहिलो चरणमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का १४ जना साहित्यकारहरुको निवासमा फोटो सहितको “नेम प्लेट ” राखिएको छ । यस चरणमा डा. राम प्रसाद ज्ञवाली ,मित्रलाल पंगेनी ,जगत उपाध्याय , डा. विष्णु केसी ,त्रिलोचन आचार्य , केसव राज पाठक ,भारद्वाज मित्र ,तिलक लुइँटेल ,राजेन्द्र पौडेल ,हेम शंकर बास्तोला ,ओम प्रसाद कोइराला ,विनोद दाहाल ,प्रयाग राज बासिस्ट र ढुन्डी राज मरासिनीको निवासमा “नेम प्लेट ” राखिएको छ ।
यो अभियान बुनपा १२ वाट सुरु गरेर काठमाडौं को उत्तर पूर्वी भेगमा विस्तार गर्ने अभियानका अभियन्ता निवन्ध आचार्यले बताए । यो अभियानमा कम्तिमा एउटा पुस्तक प्रकाशित गरेका जीवित साहित्यकार समेटेको उनले बताए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले डा. राम प्रसाद ज्ञवाली ,मित्रलाल पंगेनी र जगत उपाध्यायको निवासमा “नेम प्लेट ” राखेर अभियानको सुभारम्भ गरेका थिए ।