कपन आयोजित सबैभन्दा ठूलो खुल्ला दौडमा २०० को सहभागिता
कपन अनलाइनसामाजिक एवम् खेलकुदका क्षेत्रमा सक्रिय रहेको युवा एकिकरण क्लबले संस्थाको पहिलो वार्षिकोत्सवको अवसर पारेर यस हप्ता खुल्ला दौड प्रतियोगिता आयोजना गर्यो । वरिष्ठ धावक जीतबहादुर के.सी.लाई प्रमुख अतिथि बनाएर सम्पन्न गराइएको कार्यक्रममा करिब २०० सहभागिले खुल्ला दौडम भाग लिएका थिए । कपनमा आजसम्म आयोजना गरिएको यस्तोखाले दौड प्रतियोगितामा सबैभन्दा धेरै सहभागिता भएको मानिएको यस प्रतियोगितामा पुरुषका लागि तय गरिएको १० किलोमिटर रमेश सुनुवारले २४ मिनेटमा पार गरी प्रथम भएका थिए । त्यसैगरी उत्तम अधिकारी र रमेश डगौरा क्रमशः दोस्रो र तेस्रो भएका थिए । त्यसैगरी महिलाहरुमा टासी ज्याग्बो शेर्पा प्रथम र शान्ती तामाङ र निङ्मा डिकी शेर्पा क्रमशः दोस्रा र तेस्रा भएका थिए ।
कपनदेखि गोपीकृष्णहलसम्मका विभिन्न क्षेत्र घुमेर तय गरिनुपर्ने दौड कार्यक्रममा समाजको विभिन्न क्षेत्रका विशेषगरेर युवाहरुले सहभागिता जनाएका थिए । सहभागि सबैलाई आयोजकले प्रमाणपत्र प्रदान गरेको थियो भने विजेताहरुलाई नगदसहित ट्रफि प्रदान गरिएको थियो । खेलकुद प्रतिष्ठनका निर्देशक केशवराज गौतम, कपन गाविस सचिव लोमस आचार्य पनि विशेष अतिथिकोरुपमा समापन कार्यक्रम सहभागि थिए । युव एकिकरण क्लब विष्णु भट्टराईको अध्यक्षतामा संचालित सामाजिक संस्था हो ।