गजलमय बन्यो अछाम

गजलमय बन्यो अछाम

कपन अनलाइन 

अछाम ,असोज २८/एकेन्द्र महता

शुक्रबार साँझ देखि अछाम गजलमय बनेको छ । बिगत लामो सयम देखि साहित्यको एक गजल विद्यामा कलम चालाई रहेका ख्याती प्राप्त गजलकार कमल संर्घषले आफ्नो गजल यसरी प्रस्तुत गरे ।

उस्ले समायो सलाई उदाहरणका

लागि

र जलाई दियो मलाई उदाहरणका

लागि

ए सरकार तिमी मलाई हिटलर बनाई दिन्छौ

मानौँ मैले मारे बुद्धलाई उदाहरणका

लागि

यस्ता थुप्रै गजलहरु समेटीएको गजलकार संर्घषद्धारा लिखित सडक नामक गजल संग्रहले लोकमा पुरस्कार समेत हात पार्न सफल भएको थियो ।

अछाम गजल मञ्चको आयोजनामा ‘गजल क्षेत्र संरक्षण सम्बद्र्धन र संस्थागत विकास, अछामलाई गजल भूमी बनाउने हाम्रो प्रयास’ भन्ने मुल नाराका साथ आयोजना गरिएको एक साहित्यक कार्यक्रममा संर्घषले सम्पन्न भएको छ ।

मञ्चले प्रकाशन गरेको उषकिरणको ११ औँ अङ्क र गजलकार लोक बहादुर थापामगरको गजल संग्रह ‘कैदी’ को विमोचन तथा बृहत रचना वाचन कार्यक्रममा अछामी गजलकारहरुले गजल वाचन गरिहदा जिसस समिक्षालय हल नै गुञ्जायमान भएको थियो ।

जिल्ला कारागार अछाममा जेल जिवन विताई रहेका गजलकार थापामगर आफै संग्रह प्रकाशन गर्न नसक्ने भएका कारण अछाम गजल मञ्चले सो संग्रह प्रकाशित गर्न सहयोग गरेको हो ।

कार्यक्रम सम्पन्न गर्न जिल्ला भित्र र बाहिरबाट आएका नयाँ तथा पुराना नाम चलेका गजलकारहरु गजलिय साहित्यमा झुमेक थिए । विमोचन तथा बृहत रचना वाचन कार्यक्रममा अछाम, कैलाली लगाएत मध्य पश्चिम सम्मका स्रष्टाहरुको उपस्थिती रहेको थियो । गजल वाचन गर्ने अधिकाशं स्रष्टाहरुले माया, प्रेम देश विकास र सामाजिक विकृति विसंगतिप्रति गजलिय प्रहार गरेका थिए । गजल साहित्यक प्रतिष्ठानका सचिब टेकराज भण्डारीले आफ्नो गजल वाचन गरे ।

गजल वाचनसंगै उनले देशमा रोजगारी नबढ्ने र मन्त्रिहरु मात्र बढ्ने र ज्यानको बाजी लगाएर विदेशिएका नेपाली यूवाहरुको घत लाग्दो कथाको चित्रण गरे ।

काम देखेन देशमा उसले जाने बेला अन्तिम शब्द बोलेर गएको छ शब्द हो कि आगो हो देशकै मन मुटु पोलेर गएको छ । “मन्त्री मात्रै बढ्ने रोजगारी नबढ्ने मेरो देशमा सोझाको काम छैन“ मुख निन्याउरो बनायो, मन भक्कानियो, आँखा निचोरेर गएको छ । खाडीको पसीना पनि आफ्नै र अरुले कुम्ल्याउँदा रहेछन्, उसले बिदेश जाँदै गर्दा आफ्नै नाममा खाता खोलेर गएको छ ।

उ सुन्दर सपना सजाउँदै सिमाना बाहिर लागेको छ बृद्ध बा आमाले रहर पालेका छन् ऊ ज्यानकै बाजि मोलेर गएको छ गजलकार गोविन्द देवकोटाले पनि आफ्नो गजल मार्फत सरसफाईलाई ध्यान दिनु पर्ने र चर्पि निर्माण जोड दिनु पर्ने भन्दै गजल मार्फत आफ्ना पेचिला शब्दहरु वाचन गरे । देवकोटाले आफना शब्दहरुबाट सन्देश दिए ।

सन्नास नलाई दारु खायाँ तैत

खोरो फुट्यो

घर बड्डी माईतै बसी

रैत खोरो फुट्यो

नसामा क्यापो भन्याँथ्याँ आफैले

रायाँन

बड्डी चौकी पुलुस ल्याउन

गैत खोरो

फुट्यो बड्डी भन्दी सन्नास लाईहेलु आफुई

की सजी हो

माग फागुन गडा हग्याँ

चैत खोरो फुट्यो

बरिष्ठ साहित्यकार कवि हर्ष प्रसाद भट्टले लगायत कार्यक्रममा बोल्ने अधिकांशले पछिल्लो समय गजलको क्षेत्रमा अछामी श्रष्टाहरुले पुर्याएको  योगदानको चर्चा गरेका थिए । अछाममा थुप्रै गजलकारहरु उत्पादन भएपनि ती श्रष्टाहरु उपयोग हुन नसकेको प्रति सहभागीले चिन्ता समेत व्यक्त गरेका छन् । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्नेमा सहभागीले जोड दिएका थिए । अछाममा शुक्रबार राती देखि नै जिल्ला सदरमुकाम गजलमय बनेको थियो ।

तपाइँको प्रतिक्रिया ।