नेसनल प्याब्सनको छैंटौ राष्ट्रिय महाधिवेशन १७ देखि १९ कात्तिकमा हुने

नेसनल प्याब्सनको छैंटौ राष्ट्रिय महाधिवेशन १७ देखि १९ कात्तिकमा हुने

कपन अनलाइन 

काठमाडौ,असोज २६।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को छैंटौ राष्ट्रिय महाधिवेशन १७ देखि १९ कात्तिकमा हुने भएको छ । महाधिवेसनबाट शिक्षाका विविध प्रस्तावमा  निर्णय  तथा नयाँ नेतृत्व चयन गरी सम्पन्न गर्ने कार्यक्रम तय गरेको छ ।

एनप्याब्सनले बुधवार पत्रकार सम्मेलत गरी देशभरिका दुई हजार पाँच सय प्रतिनिधिहरुको उपस्थितिमा चितवनको सौराहामा महाधिवेसन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेसनल  प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले महाधिवेसन सम्पन्न गर्नका लागि निर्वाचन तालिका र २६ वटा उपसमिति गठन भएको बताए ।

नेशनल प्याब्सनको छैंटौ महाधिवेशनमा ५ वटा प्रस्तावहरुमा गहन छलफल गरी निर्णय समेत गर्ने तयारी भएको छ । अध्यक्ष शाहीले संघियतामा विद्यालय शिक्षा एवं निजी शिक्षाको भूमिका,  शुल्क निर्धारणको वैज्ञानिक मापदण्ड निर्धारणसम्बन्धी नेशनल प्याव्सनको निर्देशिका  – २०७४, छात्रवृति एवं विभेदकारी निति सम्बन्धी छलफल र आफ्नो धारण तय हुने बताए ।

त्यसैगरी विद्यालय संरचना १–१२ र कार्यान्वयन र संस्थागत विद्यालयहरुको भौतिक विकासमा ‘सफ्ट लोन’ को लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय संघ संस्थाहरुसंग आवश्यक पहल गर्ने बारेमा समेत निर्णय हुने छ । नेस्नल प्याव्सनको  विधान अनुुसार प्रत्येक ३–३ वर्षमा राष्ट्रिय महाधिवेशन गराउने ब्यवस्था छ ।

 

तपाइँको प्रतिक्रिया ।