एनआरएन एसिया उपसंयोजकमा कोरियाबाट विनोद कुवँरले उम्मेद्वारी दिने

एनआरएन एसिया उपसंयोजकमा कोरियाबाट विनोद कुवँरले उम्मेद्वारी दिने

कपन अनलाइन 

काठमाडौ,असोज २६।

गैरआवासिय नेपाली संघको एसिया  उपसंयोजक पदमा आईसीसी सदस्य विनोद कुवँरले उम्मेद्वारी दिने भएका छन् । यहि अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा हुने आठौँ विश्व सम्मेलनमा कुवँरले कोरियाबाट एसिया  उपसंयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । एनआरएन कोरियामा शुरू देखि नै संलग्न उनि दुई पटक अध्यक्ष भईसकेका छन् भने अहिले आईसीसी सदस्यको रूपमा क्रियाशिल रहेका छन् ।
कुँवरले  नेपालमा जलविद्युत, मोनोरेल, बृहत परियोजना सञ्चालन गर्ने ईन्भेष्टमेण्ट कम्पनी मार्फत लगानि बढाई व्यवसाय विस्तारमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरिरहेका छन्।

म्याग्दी घर भएका उनि व्यवसायिक रूपमा पनि सफल मानिन्छन् । ‘नेपालीका लागि नेपाली’ र नेपालमा लगानि बढाउने एनआरएनको अभियानलाई अझ समृद्ध बनाउने साथै छरिएर रहेको पूँजिलाई एकिकृत गरि नेपालको विकाशमा अग्रसर भई नेपालमा एक उदाहरणिय कार्य गर्न आफुले एसिया उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गरेको उनले न बताए। उनले कोरियाबासी नेपाली लगायत सबैलाई यस अभियानमा सहयोग गर्न अपिल समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।