नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ले उम्मेदवार सिफारिस गर्यो
कपन अनलाइन
काठमाडौ,असोज २०।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा रक्षामन्त्री भीमसेनदास प्रधान र काठमाडौं जिल्ला सभापति सबुज वानियाँको नाम सिफारिस गरिएको छ । त्यस्तै, समानुपातिक तर्फ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मोहम्मद निजाम्मुद्धिन र कौशर शाहको नाम सिफारिस भएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचन तर्फ क्षेत्र नं ६ (१ ) मा प्रत्यक्ष तर्फ विजय नारायण मानन्धर, न्हुन्छेनारायण मानन्धर, सुसन बैद्य र केदार पाठकको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ सुभास अधिकारी, रामशरण पाण्डे, सविता महर्जन लगायत रहेका छन् ।
त्यसतै प्रदेस सभा क्षेत्र नं६ (२) को प्रत्यक्षतर्फ श्यामकृष्ण खड्गी, कृष्णमान श्रेष्ठ, सरोज कुमार बस्नेत र विष्णुभक्त तिमिल्सिनाको नाम सिफारिस गरिएको छ भने समानुपातिक कृष्णहरी महर्जन, माधव तिमल्सिना र केदार तिमल्सिनाको नाम सिफारिस गरिएको छ ।