नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्रमा उम्मेदवार सिफारिस ,को को परे ?

कपन अनलाइन

काठमाडौ,असोज २०।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ ले प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभा क्षेत्रको लागि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल को नाम सर्वसम्मत रुपमा सिफारिस गरेको क्षेत्र नं ५ ले प्रदेस क्षेत्रको लागि विभिन्न नेताहरुको नाम सिफारिस गरेको एक नेताले बताए ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ को प्रदेस क्षेत्र नं १जसमा  काठमाडौं महानगरपालिकाका वडा नं २,४ र ५ पर्दछन त्यस क्षेत्रमा नारायण सिलवाल ,हरी अधिकारी ,सन्ध्या खनाल र प्रदिप पौडेलको नाम सिफारिस भएको छ ।

त्यस्तै काठमाडौं क्षेत्र नं ५ जसमा काठमाडौं महानगरपालिकाको वडा नं ३, बुढानिलकण्ठ नगरपालिका का वडा नं ३,४,५,६,७ र टोखा नगरपालिकाका वडा नं ४,५,६ र ७ पर्दछन त्यस क्षेत्रमा शान्ति अधिकारी ,दिपक निरौला ,अस्ट नारायण डंगोल ,धुर्वराज पाण्डे र राम प्रसाद पोखरेल को नाम सिफारिस गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।