नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ दवावमा २ जनाको नाम १ नं मा सिफारिस

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ दवावमा २ जनाको नाम १ नं मा सिफारिस

कपन अनलाइन

काठमाडौ,असोज १६ ।

संघिय निर्वाचनका लागि काठमाडौंका १० क्षेत्रमा मर्यादाक्रमको विषयमा रस्साकस्सी चलिरहदा काठमाडौं क्षेत्र नं ३ काँग्रेसको क्षेत्रीय समितिले सहकारी तथा गरिवी निवारणमन्त्री एवम् केन्द्रीय सदस्य अम्बिका बस्नेत र प्रभावशाली युवा नेता हरीबोल भण्डारी २ जनाको नाम १ नं मा राखेर सिफारिस गरेको छ ।

बस्नेत यस भन्दा अघि समानुपातिक कोटाबाट सांसद हुदै अहिले मन्त्री पदमा रहेकी छन भने भण्डारी काँग्रेस क्षेत्र नं ३ बाट सर्वाधिक मतका साथ महासमिति सदस्य रहदै केन्द्रीय अधिवेशनमा सदस्यको खुल्ला तर्फ ४७५ मत ल्याउन सफल भएका नेता हुन ।

मन्त्रि अम्बिका बस्नेत

स्थानीय युवाहरु नयापन तथा संगठनको भविष्यको आधार बनाउनका लागि भण्डारीलाई अगाडी सार्नु पर्ने बताइरहेका छन भने अर्को तर्फ राजनीति लिगेसीका कारण पनि बस्नेतलाई उम्मेदावर बनाउनु पर्ने राय पनि काँग्रस बृत्तमा चलेको छ ।बस्नेत लामो समय देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय महिला नेत्री हुन्।

राजनीतिक दवाव परे पछी नेपाली कांग्रेस क्षेत्र नं ३ ले दुवै को नाम १ नम्बरमा राखेको छ । सिफारिसको निर्णयमा अम्बिका बस्नेत /हरिवोल भण्डारी लेखेर माथिल्लो समितिमा सिफारिस गरेको हो ।

तपाइँको प्रतिक्रिया ।