नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ मा तेज ढकालको दावी
कपन अनलाइन
काठमाडौ,असोज १७ ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ ले संघीय क्षेत्र का लागि डा . राजन भट्टराई को नाम सर्वसम्मतीले सिफारिस गरे पनि यस क्षेत्र भित्र रहेका २ वटा प्रदेस क्षेत्रका उम्मेदवारको सिफारिस आज बस्ने बैठकले गर्ने श्रोतले जनाएको छ ।
काठमाडौं क्षेत्र नं ४ को प्रदेस क्षेत्र नं १ मा काठमाडौं महानगरपालिकाका वडा नं १,७,८ र ३० रहेका छन जहाँ अहिले विभिन्न नेताहरुले दावी प्रस्तुत गरिरहेको एमाले क्षेत्र नं ४ का एक नेताले बताए। यो दावीमा पछिल्लो चरणमा तेज ढकाल पनि थपिएका छन ।
२०३९ शालमा अनेरास्ववियु एकताको पाचौ लाई समर्थन गर्दै औपचारिक राजनीतिमा प्रवेस गरेका ढकाल २०४३ शालको पंचायत निर्वाचनमा जान पक्षीय उम्मेदवारको प्रचारमा सक्रिय रहेका थिए ।२०४८ शालको आम निर्वाचनमा खोटांग जिल्लाको विजय खर्क गाविसमा बुथ प्रतिनिधी को रुपमा सक्रिय रहेका ढकाल २०४९ शाल देखि निरन्तर कामपा ३० मा सक्रिय रहेका छन ।
२०५२ शालमा कामपा ३३ को शाखा कमिटि सदस्य रहेका ढकाल सोहि कमिटिको सचिव समेत रहेर कार्य गर्दै पछिल्लो समय काठमाडौं जिल्ला कमिटीमा निर्वाचित बनेका थिए ।अहिले उनि काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ को संयोजक रहेका छन ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन को २ कार्यकाल महासचिव रहेका ढकाल पछिल्लो ३ कार्यकाल सर्वसम्मत अध्यक्षको रुपमा निर्वाचित भै कृयाशील रहेका छन । यसका अलावा उनि विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध रहेका छन ।
काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ मा ढकालले पुर्व जिल्ला अध्यक्ष एबम प्रदेस कमिटि सदस्य निर्मल कुइकेल ,निर्मल देउला ,रन्जना मास्के र टिका पराजुली संग आन्तरिक प्रतिस्पर्धा गर्दैछन ।